तेह्रथुम, २४ मंसिर । तेह्रथुम प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा नेकपा एमालेका जिल्ला अध्यक्ष लक्ष्मण तिवारी विजय हुने निश्चित भएको छ ।
८६९ मत गणना गर्न बाँकी हुँदा तिवारीले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई १ हजार ४ सय ६२ मतले पछाडि पार्नुभएको छ ।
तिवारीले ११ हजार ३ सय २४ मत प्राप्त गर्नुभएको छ भने ढुंगानाले ९ हजार ८ सय ६२ मत प्राप्त गर्नुभएको छ । जिल्लाका म्याङलुङ्ग र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका रहेको यो निर्वाचन क्षेत्रमा २४ हजार २ सय ३० मत खसेको थियो ।