धनकुटा, २४ मंसिर । धनकुटा प्रतिनिधिसभामा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार राजेन्द्र राई बिजयी हुनुभएको छ। ३७ हजार ३ सय ३३ मतसहित राई प्रतिनिधि सभा सदस्यमा बिजयी हुनुभएको हो ।
उनका निकटतम प्रनिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का सुनिलबहादुर थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोख्रेलले जानकारी दिनुभयो ।
१० हजार ४ सय ५९ मतान्तरले राई बिजयी हुनुभएको हो । यता धनकुटाका दुवै प्रदेशसभामा पनि बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार बिजयी बनेका छन । प्रदेशसभा क मा एमालेका निरन राई र ख मा एमालेकै ईन्द्रमणी पराजुली बिजयी हुनुभयो ।