तेह्रथुम, २३ मंसिर । तेह्रथुममा शुक्रबार राति देखि सुरु भएको मतगणनाको ताजा नतिजा सार्वजनिक हुन थालेको छ । सुरुवाती परिणाममा वाम गठबन्धनका उम्मेदवार नै अगाडि देखिएका छन् ।

एउटा प्रदेशमा भने कांग्रेसको अग्रता छ । ताजा मतपरिणाम अनुसार ४ हजार २ सय ३ मत गणना हुँदा नेकपा एमालेका भवानीप्रसाद खापुङले २ हजार १ सय ४६ मतसहित अग्रता कायम राख्नुभएको छ । नेपाली कांग्रेसकी सीता गुरुङले १ हजार ८ सय ४९ मतसहित पछ्याउँदै हुनुहुन्छ । खापुङलाई अहिले २ सय ९७ मतको अग्रता छ । अहिलेसम्म खाम्लालुङ, सुदाप, दाँगपा, थोक्लुङ र बसन्तपुरको मतगणना भइसकेको छ ।

यता प्रदेश सभातर्फ ‘क’ निर्वाचन क्षेत्रमा कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगानाले अग्रता लिनुभएको छ । २ हजार मत गणना हुँदा ढुंगानाले १ सय १४ मतको अग्रता लिनुभएको हो । ढुंगानाले ९ सय ९६ मत प्राप्त गर्दा एमालेका जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले ८ सय ८२ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा बसन्तपुर, सुदाप, फुलेक र म्याङलुङ्गको मतगणना भएको छ ।

यस्तै प्रदेश सभा ‘ख’ क्षेत्रमा नेकपा एमालेका पुर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवाको अग्रता छ । उहाँले १ हजार १ सय ७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विजय सम्बाहाम्फेले ५ सय ३० मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा छातेढुंगा, मोराहाङ, सम्दु र सक्रान्तिको मत गणना भएको छ ।

तपाईको प्रतिक्रिया