तेह्रथुम, २२ मंसिर । तेह्रथुममा पनि मतगणना सुरु भएको छ । सदरमुकाम म्याङलुङ्गस्थित सिंहवाहिनी माविको हलमा भइरहेको मतगणनामा एकसाथ चार स्थानमा मतगणना सुरु भएको हो । प्रतिनिधि सभाको दुई स्थानमा र प्रदेश सभाका दुई निर्वाचन क्षेत्रको छुट्टा–छुट्टै एक एक स्थानमा गरी चार स्थानमा मतगणना थालिएको हो । ९ः३० बाटै मतगणना सुरु हुने भनिएपछि करिब अढाई घण्टा ढिला गरी मतगणना सुरु भएको हो ।