गुराँस न्युज । तेह्रथुम, २२ मंसिर । तेह्रथुममा तोकिएको समयमा राजनीतिक दलका प्रतिनिधि नआएपछि मतगणना अझै सुरु हुन सकेको छैन । शुक्रबार राति ९ः३० बजेबाटै मतगणना सुरु हुने भनिएपनि दलका प्रतिनिधिहरु समयमा उपस्थित नहुँदा अन्य प्रक्रिया मिलाउनै ढिला भएको हो । ढिला गरी दलका प्रतिनिधि आएपछि बल्ल परिचय पत्र व्यवस्थापन र मुचुल्का गर्ने काम भइरहेको छ । मतगणना सुरु हुन अझै करिब एक घण्टा ढिलो हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया