तेह्रथुम । तेह्रथुमको म्याङलुङ्ग नगरपालिका-४, पिप्लेस्थित हिमालय माध्यमिक विद्यालयमा एक समाजसेवीले छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएका छन् ।

झापाको गौरादह नगरपालिका-९, बैगुनधारा बस्ने उत्तम चम्लागाई खत्रीले आफ्ना स्वर्गीय हजुरबुवा भीमबहादुर र हजुरआमा मनमायाको स्मृतिमा ५० हजार रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएका हुन् ।

सो कोषबाट वार्षिक रुपमा प्राप्त हुने व्याजबाट विद्यालयमा कक्षा ९ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयका प्रधानाध्यापक योगेन्द्र खत्रीले जानकारी दिए ।

विद्यालयको शैक्षिक उन्नयनको कामना गर्दै खत्रीले अक्षयकोष स्थापना गरिदिएको बताए । उनी झापाको बैगुनधुरा गाविसका पुर्वअध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया