दार्चुला, मंसिर २२ – दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ । वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका ठगुन्ना २८ हजार ९ सय ९८ मतसहित विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका विक्रमसिंह धामीले २२ हजार दुई सय ३३ मत ल्याउनुभयो । एमालेका ठगुन्नाले कांग्रेसका धामीले भन्दा ६ हजार ७ सय ६५ मत बढी ल्याउनुभयो ।

तपाईको प्रतिक्रिया