काठमाडौं, मंसिर १८ – काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ११ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर भएको प्रहरीले जनाएको छ । थापासहित ७ जना भने सामान्य घाइते हुनुहुन्छ ।

चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको उहाँको सचिवालयले जनाएको छ ।

थापासहित सबै घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । चुनावी प्रचारप्रसारमा रहेका थापामाथि आक्रमण भएपछि अहिले शिक्षण अस्पताल बाहिर शुभचिन्तकको भिड लागको छ ।

घाइते हुनेहरुमा कांग्रेस नेता थापासहित २७ वर्षीय जयराज लामिछाने, ३५ वर्षीय राजकाजी श्रेष्ठ, ४० वर्षीय ध्रुव खड्का, ४७ वर्षीय पूर्णबहादुर श्रेष्ठ, ३२ वर्षीय रेणु बडुवाल, ४७ वर्षीय श्यामकृष्ण श्रेष्ठ, २३ वर्षीय सुमन खड्का, ४४ वर्षीय रवीन्द्र कार्की, ४७ वर्षीय काशीलाल श्रेष्ठ तथा ५२ वर्षीय परशुराम थापा घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया