काठमाडौँ । आजभन्दा ११४१ वर्ष अघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाः अहिले पनि उपत्यकावासीको मन-मुटुमा छन् । नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमी अर्थात् वि.स. २०५६ मंसरि २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको थियो । साख्वाःको सम्झनामा अहिले पनि उनलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई शंखधर दिवसका रुपमा मनाउने गरिन्छ ।

नेपालको मानव अधिकार अभियान, भाषा र जातीय समानताको आन्दोलनमा ठूलो योगदान गरेका पद्मरत्न तुलाधर पनि धेरैले सम्झिरहने नाम हो । उनलाई प्रजातान्त्रिक आन्दोलका नेताका रुपमा पनि चिनिन्छ । देशका लागि उल्लेखनीय योगदान दिएका साख्वाः र तुलाधर जस्ता वैभव व्यक्तित्वको अमर योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाले रानीपोखरी नजिकै रहेको शंखधर उद्यान’ मा शालिक स्थापना गरेको छ ।

यसअघि पनि महानगरपालिकाले जहाँनियाँ राणा शासनवरिुद्धको लडाइका क्रममा सहादत प्राप्त गरेका चार शहीद (गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री) को सम्झनामा पूणर्कदको शालिक निर्माण गरिसकेको छ महानगरपालिकाले उनीहरु चारै जनालाई मृत्युदण्ड दिएको स्थान शोभा भगवती, सिफलस्थित र टेकुमा पूणर्कदको शालिक निर्माण गरेको हो । धर्मभक्तको पुख्र्यौली टोल झोँछेमा पनि महानगरपालिकाले उनको सम्झनामा धर्मभक्त पार्क र शालिक निर्माण गरेको छ । आज सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शंखधर उद्यान’ मा साख्वाः र तुलाधर दुबैको शालिक अनावरण गरे । मन्त्री श्रेष्ठले शालिकमा माल्यार्पण गरे ।

करीब २० लाखको लगानीमा महेश तुलाधरले निर्माण गरेका दुई शालिकको अनावरणपछि सम्वोधन गर्दै मन्त्री श्रेष्ठले महानगरका मेयर शाक्यको प्रयासमा यस्ता सकारात्मक कामको थालनी भएको भन्दै प्रशंसा गरे । साख्वा नेपाल संवत्का प्रवर्तक समेत हुन् ।

०५६ साल मंसिर ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरएिको थियोे,’ मन्त्री श्रेष्ठले भने, साख्वाले घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शंखधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित छ । वामपन्थी राजनीतिज्ञ तुलाधरले २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका थिए । यस्ता व्यक्तित्वहरुको सम्मानमा महानगरले शालिक निर्माण गरेर उदाहरणीय काम गरेको छ ।’ मन्त्री श्रेष्ठले रत्नपार्कलाई शंखधर उद्यान’ घोषणा गरी त्यसकै रुपमा स्थापति गराउनु ठुलो कुरा भएको बताए ।

त्यसैगरि नेपाल सम्वतलाई राष्ट्रिय सम्वत्का रुपमा स्थापति गराउने कुरामा कसैको बिमति नरहने पनि स्मरण गराए । उनले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहेका बेला विभूति घोषणा भएको स्मरण गरे । ‘वामपन्थी आन्दोलका अगुवा तुलाधर र प्रजातान्त्रिक आन्दोलनका अगुवा गणेशमान सिंहको बीचमा शंखधरको शालिक निर्माण हुनु इतिहासको सम्मान हो,’ उनले भने ।

नेपाल संवतलाई राष्ट्रि मान्यता दिलाउन आन्दोलन गरेको नेपाल भाषा मंका खलः नामक संस्थाका अध्यक्षसमेत रहेका तुलाधरलाई तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा भाग लिइ राष्ट्रिय पञ्चायत भित्रैै पञ्चायती व्यवस्था खारेजीको माग गरेको जसपनि जान्छ । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चरिकालसम्म सम्झिरहन् भनेर शालिक निर्माण गरिएको बताए ।

कार्यक्रममा पद्यरत्नकी छोरी सुम्निमा तुलाधरले पिताजीको सम्मानमा शालिक स्थापना हुँदा परिवार भावुक भएको बताइन् । कार्यक्रममा बागमती प्रदेशका भौतकि पुर्वाधार मन्त्री रामेश्वर फुयाल र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी समेत सहभागी थिए ।

तपाईको प्रतिक्रिया