– भीम माबुहाङ,

निर्माण कार्य पुणर् रुपमा सम्पन्न नहुँदै निकै व्यापक रुपमा चर्चा र परिचर्चामा आउन सफल पार्क हो ‘चो?लुङ पार्क’ । अहिले देशैभरि पार्क बनाउने लहड चलेको छ, तर तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुर वजार नजिकै रहेको यो पार्क अरुभन्दा फरक छ । सामाजिक संन्जाल र सन्चार साधनहरुको ध्यान चुम्वकले फलाम ताने झैँ तानीरहेको अवस्था छ यो पार्कले । नयाँ फुलमा भमराहरु आकर्षित भएझैँ, यो पार्कको स्वाद लिन साथै फोटो खिचेर आफ्नो स्टाटस अपडेट गर्न आतुर हुने पर्यटकहरुको संख्या दिन दुई गुना रात चार गुनाले बढिरहेको छ ।

यो पार्क डुले पछि नेपालको पुर्वी भेगमा वसोवास गर्ने लिम्वू समुदायको ईतिहास र संस्कार बारेमा राम्ररी झल्को पाउन सकिन्छ । आज लिम्वुहरु आफ्नो उधौली वा उभौली पर्वहरु मनाउन काठमाडौंको हात्तीवन, विदेशका हरियो चौर र पार्टी प्यालेसहरु तिर वेवारिसे तवरले भौतारिरहेका वेला यो चो?लुंङ पार्क सारा लिम्वुहरुको एउटा साझा चौतारो भएको छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको शैक्षिकस्तर र जनचेतनाको कारणले होला संसारमा मौलिकता र आफ्नोपनको खोजी तिव्ररुपमा बढ्दै गएको अवस्था छ । नवउदारवाद, बजार अर्थतन्त्र, आधुनिकरण र भूमण्डलीकरणले ल्याएका विकृतीहरु वाट वाक्क दिक्क भएर मानिस फेरि पहिचान र सभ्यताको यगुतिर फर्कन्दै गएको छनक देखिन्न थालिएको छ । उदाहरणको लागि टर्कीका राष्ट्रपति एरदोगनले अमेरिका र पश्चिम सभ्यताको प्रभालाई न्यूनिकरण गर्दै ईस्लाम सभ्यताको पुनारावृत्ति गर्ने कदम चाल्दैछन् । भारतमा मोदीले अयोध्या राम मन्दिरको ईतिहांस ब्यूँताउंदै हिन्दुत्वको अशलि रुप खोज्दै छन् । त्यस्तैगरि चीनमा पनि कनफ्यूसिएन र लाओत्सेले दिएका शिक्षाहरुलाई प्रथामिकताका साथ अगाडि बढाइरहेको अवस्था छ ।

यस्तै, सोच विचारका साथ लिम्बूहरुको मुन्धुम ग्रन्थलाई आधार मानी यो आकर्षक ‘चो?लुङ पार्कको पनि निर्माण गरिएको छ । यो पार्क डुले पछि नेपालको पुर्वी भेगमा वसोवास गर्ने लिम्वू समुदायको ईतिहास र संस्कार बारेमा राम्ररी झल्को पाउन सकिन्छ । आज लिम्वुहरु आफ्नो उधौली वा उभौली पर्वहरु मनाउन काठमाडौंको हात्तीवन, विदेशका हरियो चौर र पार्टी प्यालेसहरु तिर वेवारिसे तवरले भौतारिरहेका वेला यो चो?लुंङ पार्क सारा लिम्वुहरुको एउटा साझा चौतारो भएको छ । त्यति मात्र नभएर मुन्धुम वणित यो पार्क लिम्वु समुदायको मौलिक नाम र पहिचान बोक्ने धर्तीको एक मात्र निशानी हुनुपर्छ । नेपालको जनसंख्या स्वीमिंङ पुलमा, लिम्बुहरु हुस्कीको बोतल जति होलान् तर यो पार्कले लिम्बु समुदायलाई त्यो विशाल पुलको पानी भित्र पनि छु्टै ह्वीस्की स्वाद दिएर राख्न सफल हुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।

चो?लुङ को अर्थ लिम्बु भाषामा सिद्धि पुग्नु हो । हिन्दुहरु काँशी गएर पुण्य कमाउँ छन् । बुद्धिष्टहरु लुम्बुनी अर्थात् बौद्धगया पुगेर निर्माण हाँसिल गर्ने गर्छन् । त्यस्तै गरि मुस्लिमहरु साउदी अरवको मका मदिना गएर हाज प्राप्त गरे झै, लिम्वुहरुको लागि भविष्यमा यो ठाउँ तिर्थस्थल बन्दै जाने छ भन्ने अनुमान लगाउन सकिन्छ । लिम्बु समुदायहरुको चेतनाको स्तर वृद्धि संगसंगै यो पार्कको पनि महत्व बढ्दै जान्छ भन्ने आँकलन गर्न सकिन्छ ।

वसन्तपुर वजारको भुल्के धारा क्षेत्र बाट करिव ३ मिनट दक्षिण हिडेपछि यो पार्कको दर्शन गर्न पाइन्छ । स्थानीय डकर्मीहरु र सिकर्मी द्वारा बनाईएको यो पार्क प्रायजसो ढुँगा र माटोले मात्र वनेको छ । पार्कको वरिपरि लिम्बुहरुको धर्म ग्रन्थ (मुन्धुम) मा आउने विभिन्न थरिका फुलहरु रोपिएका छन । लिम्बु जातिसंग सम्बन्धित वनस्पति र फुलहरुः सिङ्चाङ्गो यामचाङ्गो (धसिङ्गरे), सेक्मुरि चङसेक्पा (सिल्लरी) वासेन सेम्मेना (धनीया जस्तो वासना आउने), हेन्छिङ, माङ्लोक (रोडिङ्गो), फुन्छिङर (पयुं), पाङ्ब (मजिटो) खेदेक (मोर्चेझार) चामचिङ (झांक्रिस्याउली) आदि । पार्कको पुर्वपट्टि चोत्लुंग वरक (सिंद्धि पोखरी) निर्माण गरिएको छ । जुन एकदमै आकर्षक र दर्शकको मन लोभयाउने मनमोहक छ ।

लिम्वुको धर्म ग्रन्थ मुन्धुम अनुसार लिम्वु समुदाय र ढुंगा बीचको सम्वन्ध निकै गहिरो र ऐतिहासिक छ । हरेक कार्यहरुमा चाहे त्यो न्याय निरुपण गरे पश्चात् सांक्षी प्रमाणको लागि होस् वा त देवी देवताहरुलाई थान थपना दिने । लिम्वुहरुको कुलदेवी यूमाले तान बुनेको, धागो टाँगेको, आफना समान वा भारी विसायको देखि लिएर मरे पश्चात् नुन तेल चोखिएर शुद्धि हुने कुराहरु सबै ढुंगासंग सम्वन्धित छन् । त्यसैले यी सारा कुराहरु यो चो?लुङ पार्कमा प्रतिबिम्बीत गरिएका छन् ।

परापुर्वकालमा आफ्नोराज्यहरुको सुरक्षा गर्नको लागी विशेष गरि गोर्खा, खम्बुवान, लिम्बूवान, भोटे, लाप्चाहरुको लंडाईमा प्रयोग भएका हातहतियारहरु हाते तोप, खुँडा, ढाल, तरवार, नगरा, निशान लगायत मुगल, अंग्रेज, लिच्छवी, मल्ल, तिब्वती र शाहाकालीन तामा र चाँदीका सिक्काहरु जस्ता ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरु यो संग्रालय भित्र देख्न पाइन्छ ।

गएको साल उधौली पर्वको अवसरमा पुर्व उपकुलपती वैरागी काँईला द्वारा उद्घघाटन गरिएको नव निर्मित यूमा संग्रहालय (यक्चे हिम) पनि यही पार्कमा अवस्थित छ । यो संग्रालय स्थानिय सामग्री ढुंगा माटोको गाह्रो, काठ, डाढा, भाटाका र खरका छाना साथै यसको बाहिरी भाग र भित्ताहरु कमेरो र रातो माटोले पोतिएको छ । झ्याल, ढोका र दलिन खम्वाहरुमा असली लिम्बु बस्तुकार द्वारा लिम्बुहरुको सिलाम साक्मा, कोशेली बोक्ने प्यारुंगो, र अन्न सुकाउने मान्द्रोका बुट्टाहरु कुँदिएका छन । जुन बुट्टाहरु अरु संसारमा कंहि कतै देख्न पाईन्दैन ।

संग्रहालय भित्र अत्यन्तै दुर्लभ सामाग्री हरु राखिएका छन । पुराना समयमा अथवा प्रविधिहरुको विकाश नभएको वेला हरेक हिसावले मान्छेहरु कसरी घरेलू वस्तुहरुलाई प्रयोग गरि आत्मनिर्भर हुन्थे भन्ने कुरा त्यहाँ राखिएका सर-समान हेरे पछि राम्ररी जानकारी लिन सकिन्छ । लिम्वु साथै ग़ैर-लिम्बु समुदायहरुको जनजीवनी सम्बन्धित भेषभुषा, गरगहना र औजारहरु पनि संग्रहित गरिएका छन् ।

साथै परापुर्वकालमा आफ्नोराज्यहरुको सुरक्षा गर्नको लागी विशेष गरि गोर्खा, खम्बुवान, लिम्बूवान, भोटे, लाप्चाहरुको लंडाईमा प्रयोग भएका हातहतियारहरु हाते तोप, खुँडा, ढाल, तरवार, नगरा, निशान लगायत मुगल, अंग्रेज, लिच्छवी, मल्ल, तिब्वती र शाहाकालीन तामा र चाँदीका सिक्काहरु जस्ता ऐतिहासिक तथा पुरातात्विक सामग्रीहरु यो संग्रालय भित्र देख्न पाइन्छ । जुन कुराहरु स्कुलमा पढन र देख्न गाह्रो हुन्छ । आउँदो भावी सन्ततिहरुको लागि यी कुराहरु अत्यन्तै ज्ञानवर्दक हुने छन् । त्यहाँ भेटिएका पर्यटकहरु संग गफ गर्दा कुनै त्यहाँका सामाग्रीहरु नेपालको कुनै पनि अरु संग्रालयहरुमा नभएको प्रतिकृया दिएको पाइयो ।

संग्रहालयको अवधारणा ईशा पुर्वमा ईजिप्टको अलेक्ज़ेंडरिया बाट शुरु भएपनि हाम्रो देशमा राजधानी काठमाडौं बाहेक अरु सहर र ठाउँहरुमा संग्राहालय विरलै देख्न पाइन्छ । तर विदेश तिरको हकमा हो भने प्रायजसो प्रत्येक सहर वजारमा एउटा संग्रालय स्थापना गरेका हुन्छन् । त्यसकारण लालीगुराँस नगरपालिका भित्र निर्र्माण गरिएको यो यूमा संग्रहालयले यहाँका नागरिकहरु शिक्षित, सभ्य र सचेत छन भन्ने कुराको संकेत पनि गरेको छ ।

ज्ञानको स्रोत मात्र नभएर यो संग्रालय लाई नगरको एक आर्थिक स्रोतमा पनि लिन सकिन्छ। जसरी काठमाडौं सहरमा रहेका संग्राहालयहरुको आम्दानीले कणर्ालीका जनतालाई टेवा पुगेको छ, त्यसरी नै यो यूमा संग्रालयमा टिकट वेचेर आएको पैसा नगरपालिकाका बाटा घाटा स्तर उन्नति देखि लिएर अरु विकाशका कुराहरुमा ख़र्च गर्न सकिन्छ ।

उधौली पर्व (चासोक थिःसोक) ‘चो?लुङ चाङ्मा (सिर उठाउने) मेलामा विभिन्न जात जातीहरुको विशाल उपस्थित रहन्छ । लिम्वुहरुको मुन्धुम वाट निर्देशित याःयेम्मा (चिन्ता राख्ने) खड्गो काट्ने । सामलिङ्मारसातो हाल्ने कुराहरु सामूहिक रुपमा लिम्वुहरु मात्र नभएर अरु सबै जातजातिहरु पनि सहभागी हुन्छ्न् । स्थानिय देखि लिएर राष्ट्रीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति संगसंगै ताप्लेजुङ तमोर खोला मिवाखोला र फावाखोला , फेदाप र छथरका लिम्बू देवारीहरु येबारयेमा, साम्बा, फेदाङ्मा हरुको दुर्लभ नृत्यहरु पनि मेलाको समयमा प्रदर्शन गर्ने गरिन्छ ।

अझ पश्चिम कणर्ाली क्षेत्रमा मात्र देख्न पाईन्ने खस आर्यहरुको ‘हुडकेली नृत्य’ लाई हेर्दा त झन एकतामा विविधता भने झै एउटा ईन्देरणी समाजको झल्को दिन्छ । ज्ञान, मनरन्जन मात्र नभएर पर्यटनको हिसावले पनि यो पार्क पुर्वको एक आकर्षक गन्तव्य बन्दैछ । पहाडकी रानी वसन्तपुर बजारको महत्व यो पार्कले थप उचाईमा धकेल्छ भन्ने विषय पूर्ण विश्वस्त हुन सकिन्छ ।

तपाईको प्रतिक्रिया