काठमाडौं । कांग्रेस तेह्रथुमका नेता नारायणकुमार ईङ्नामको विहीबार निधन भएको छ ।

शिक्षण पेसा छोडेर राजनीतिमा लागेका ईङनाम जिल्लाका लोकप्रिय नेता हुन् ।

उनको निधनले आठराई शोकाकुल भएको छ । छ महिनादेखि कलेजोमा क्यान्सर देखिएर उपचाररत नेता ईङनामको ६३ वर्षको उमेरमा विहीबार झापाको गौरादहमा निधन भएको हो ।

०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट आठराई गाउँपालिका अध्यक्षको उम्मेद्धार रहेका ईङनाम पार्टी समायोजनपछि गाउँपालिका सभापति बनेका थिए । ऊनी समृद्ध समाज निमाणर्को लागि सहयोगी संस्था तेह्रथुमको अध्यक्ष, रेडियो आठराई तेह्रथुमको अध्यक्ष, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान तेह्रथुमको संस्थापक अध्यक्ष समेत हुन् । यस्तै, ईङनाम-ईवाहाङ विकास समितिको केन्द्रीय महासचिवको भूमिकामा समेत क्रियाशील थिए ।

आठराई क्षेत्रको शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासको क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएका ईङनाम अन्य दर्जनौँ संघसंस्थामा आवद्ध थिए ।

नेता ईङनामको आठराई गाउँपालिका-४, ईवामा रहेको चिहानडाँडामा शुक्रबार दिउँको १२ बजे दाहसंस्कार हुने पारिवारिक स्रोतले जनाएको छ । उनका दुइ छोरा र दुइ छोरी छन् ।

तपाईको प्रतिक्रिया