काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म २६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

बिहीबारसम्म देशभर रहेका २८ हजार ८७८ जना संक्रिय संक्रमित मध्ये २६ हजार ४२१ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ७९० जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ४ हजार ३४३, प्रदेश २ मा ६५६, लुम्बिनी प्रदेशमा १ हजार ८९६, सुदूरपश्चिम प्रदेशमा ९८५, गण्डकी प्रदेशमा १ हजार ८५७ र कर्णाली प्रदेशमा १९४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया