काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले ‘कोरोना सचेतना अभियान’ सञ्चालन गरेका छन्।

कोरोनाबाट बच्न घरदैलो अभियान सञ्चालन गरिएको जोशीले बताएका छन्।

‘मतदाताका घरदैलोमा चुनावमा मात्र होइन जनतालाई आपत परेका बेला पनि हामी उपस्थित हुनुपर्छ,’ जोशीले भने, ‘बढ्दो कोरोना संक्रमणबाट बच्न जनचेतना फैलाउँदै घरदैलो अभियानमार्फत् काठमाडौं क्षेत्र नम्बर ८ मा मास्क लगाउन प्रोत्साहित गरिएको छ।’

जोशीले सोमबारदेखि कोरोना सचेतना अभियान सञ्चालन गरेका हुन्।

उनले आवश्यक स्वास्थ्य सामग्री वितरण पनि सुरू गरेको बताएका छन्।

तपाईको प्रतिक्रिया