काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध सडक संघर्षको तयारी गरेको छ ।

स्वास्थ्य संकटको समयमा सरकारको असफलता, बढ्दो भ्रष्टाचार, ओझेलमा परेका जनसरोकारको मुद्दालाई प्राथमिकता बनाएर राप्रपाले सडक संघर्ष गर्ने भएको हो ।

राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले मंगलबार बैठक गरी विरोध कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरेको छ ।

अध्यक्ष लोहनीकाअनुसार तिहारपछि पुनः बैठक बसेर संघर्षको कार्यक्रमलाई मूर्तरुप दिने निर्णय भएको छ ।

मंगलबारको बैठकमा ७७ जिल्ला तथा सबै स्थानीय तहमा पार्टी समायोजनालाई तीव्रता दिने विषयमा समेत छलफल भएको अध्यक्ष लोहनीले जानकारी दिए । ।

तपाईको प्रतिक्रिया