– लक्ष्मीनारायण मिश्र,

च्यान्टीले खोजेको जामा बजारमा भेटिनन् रे ।
गाँउकी भुन्टीले दशैमा नयाँ नाना किनिनन् अरे ।
यो दशैंमा प्याकुली काकी माइती गइनछिन् ।
जन्तरे बाँ ले आशिष पनि फोनैबाट दिए अरे ।१।

पारी गाँउमा कालेको खसी बिकेन अरे ।
यो दशैंमा भुण्टेले पनि घरमा खसी काटेन छ ।
च्यान्टेको फर्ममा पालेको भालेले पैसा साटेन रे ।
शक्ति पिठमा साँइलाले पनि बोका काटेन रे ।२।

महलका रङ्गेहरु रक्सीले मत्त मात्तिएछन् ।
झोपडीका गंङ्गेहरु भोकले स्वात्त आत्तिएछन् ।
उता सत्ताको स्वादमा मालिक मत्त मात्तिएछन् ।
यो दशैंमा गरीबहरु ऋणमा झन भासिएछन् ।३।

भन्छन्, यहाँ संसद्लाई दशैंमा भत्ता आएको थ्यो ।
श्रमीकहरुलाई काममा नै कोरनाले सताएको थ्यो ।
संकटमा जनता मर्दा सरकार केही जान्दैन अरे ।
नागरिकको उपचार पनि राज्य अब नगर्ने भो रे ।४।

लोकतन्त्रका हिमायतीहरु खै कता गएछन् ।
अधिनायक वादी जस्तै भएर खेलमा हराएछन् ।
उ बेलामा सामन्तबादको अन्त्य गर्छौ भन्थे,
अहिले सामन्त कुमारका खेताला मात्र भएछन् ।५।

शासनमा सकेजति पेल्ने बहुमत हुनेहरुले नै हो ।
अल्पमत हुनेहरुले त अधिकार खोज्दै रहन्छन् ।
टोकाटोक गर्ने भनेको पनि त अरिँगालहरुले नै हो ।
मैरीहरु त काम गर्नमा नै व्यास्त रहन्छन् ।६।

यहाँ अरींगाल हैन मैरीको एकता बढाउनु छ ।
संकटमा चाडबाड पनि सुरक्षित मनाउनु छ ।
हाँसी खुसी बाँच्न सिकौं मेलमिलाप गर्दै गर्दै ।
संचारबाटै खुसी साटौं र्आिशवाद लिदै दिदै ।।

हाँसी खुसी बाँच्न सिकौं मेलमिलाप गर्दै गर्दै ।
चाडबाडको शुभकामनालाई खुसीसँग लिदै दिदै ।।७।।

 

– मितिः २०७७ र्काितक १०
आठराई गाउँपालिका-५, छातेढुङ्गा, तेह्रथुम ।

तपाईको प्रतिक्रिया