– भीम माबुहाङ,

पुर्वको आईकनिक सहर धरानबाट तिन घण्टाको उकालो उतर यात्रा लाई धकेले पछि पुगिन्छ पहाड़की रानी वसन्तपुर बजार । कथाले मागेपछि अभिनय गर्नु पर्छ भने झैैं यहाँको चिसो मौषमको माग अनुसार तातो तोंगवा र रसिलो सिकुटी नचपाई ज्यानमा रक्तसंचार हुन गार्हो हुन्छ ।

वसन्त ऋतुमा हो भने लालीगुराँश फुलहरु चुम्दै अनि शिशिरमा हिउँ खेल्दै वसन्तपुर बजार बाट करिव एघार किलोमिटर चौरीको छु्र्पी टोक्दै उतर पुर्व यात्रा गरेपछि, अर्की पहाडकी सुन्दरी लसुने बजारले झ्यापै अंगालो मार्छिन् । यो बजार पुग्ने वितिकै मकालु र कुम्भकणर् हिमश्रंखला बाट आएको ताजा हावाले फोक्सो शफा हुन शुरु हुन्छ ।

बजारको पश्चिम तिर फर्केर हेर्यो भने धनरुपा उधान माथि राखिएका द्धन्द्धकालमा शाहादत प्राप्त गरेका शहिदहरुको शालिक देखेपछि शिर आफै श्रदाले झुक्न पुग्छन् । वजारको पेरफिरिमा उत्पादन भएको ग्रिन टि को चुस्कि संगसंगै स्थानिय उत्पादन स्वादिष्ट नरिवले विस्कुटले पेट तातो वनाएर दश मनिट यात्रा गरेपछि काँडे भन्ने ठाउँ आईपुग्छ ।

 त्यहाँ बाट झण्डै आधा घण्टाको ओरालो कच्चि बाटो छिचोले पछि तेरह्थुम जिल्लाको ‘लालीगुराँस नगरपालिका’ वडा नम्वर ९ प्रकृतिले सुसम्पन गाउँठाउँ, सुजेपु काँडे र ढाँडे वस्तिहरुमा पुगिन्छ। यहि गाउँहरुमा मनमोहक तिन छाँगे झरना दुर्लभ प्राकृतिक सम्पदाहरु अवस्थित छन् ।

समानान्तर रुपमा तिन वटा झर्ना संगै बगि झरेको हेर्न पाउंदा अन्तर आत्मा बाट ख़ुशीका ज्वालामुखीहरु विष्फोट भएर आउँछन् । अझ नजिकबाट हेर्दा वा झर्नाका पानीका फोहोराहरु अनुहारमा स्पर्श गर्दा शरीरमा नयाँ स्फुर्ती दौडन थाल्छ ।

त्यहाँ वरिपरिका हरियाली, विशाल चट्टानका छाती, लहरा पहराहरुमा अल्झेर वसेका ढुंगा र फल फलारहरु हेर्दा उस्तै असिम आन्नद प्राप्त हुन्छ । मन त्यसै त्यसै फुरुंग हुन्छ । तरुल लतिका अनि फुलहरुको मिश्रित सुवासले पुरै ज्यान लठयाएको आभास हुन्छ । अझ यो ठाउँमा ‘बन्जी जम्पी, प्याराग्लाईडिंग, रक क्लाईम्विंग जस्ता साहसी खाल्का खेलहरुको प्रवर्दन गर्न सकियो भने यो एउटा पूणर् पर्टकिय गन्तव्य हुनेमा कुनै दुईमत छैन ।

विज्ञापन, प्रवर्दन र यातायत पंहुच को कमिको कारणले ओझेलमा परेको अर्को धार्मिक स्थल शिवजी गुफा पनि त्यहि निजक पिउँवा खोलामा पर्दछ। सर्वसाधारण वा त्यहाँको वारीपारीका वासिन्दाहरुको आस्थाको केन्द्र मानिने यो गुफा अवलोकन गर्दा दुःख र पिडाका सगरमाथाहरु पुरै ढलेको अनुभव हुन्छन् । अनुहारमा हर्षका दियोहरु धपक्क बल्दछन् ।

शिवजीको यो गुफामा फुल चढाई वर्दान लिएर पाँच मिनट ओरालो लागेपछी पुगिन्छ विचित्रको ‘ढाँडेगाउँ” । पोखराको महेन्द्र गुफा, गुप्तेसोर गुफा वा चमेरे गुफा जस्तै विशाल ओडारहरु छन यो ठाउँमा। ती ओडारहरुलाई त्यहाँका वासिन्दा, कसैले गाईको गोठ, अलैचि पोल्ने ठाउँ र कसैले दाउरा, घाँस हरु राखेका छन् । यस्ता चकित ओडार हरु मैले पश्चिम अस्ट्रेलिया “एडभेन्चर कोर्स’ जाँदा मात्र देखेको थिएं।

वती मुनिको अंध्यारो भने झै आफनै नगरपालिका भएका यस्ता प्राकृतिक कुराहरु नदेखेर अर्काको देशको ओडारहरु हेरेर चिकत हुँदै थिएछु । हामी नेपालीहरु सुन खानी वसेर फलाम खोज्न विदेश जान्छौ भन्ने भनाई यथार्थ हो कि जस्तो लाग्यो। यहाँका ओडारहरुमा रेष्टुरेंट र होम स्टे हरु सन्चालन गर्न सक्यो भने यो एउटा पृथक र आन्तरिक वा बाह् पर्यटकहरुको लागी आदित्य अनुभव र नयाँ स्वाद दिलाउने पर्यटकिय स्थल बन्न सक्छ ।

वास्तवमा प्रकृतिले कुनै पनि देश वा भूगोलाई केहि न केहि बरदान दिएको हु्न्छ । त्यो स्रोत वा वर्दान लाई पहिचान गरि प्रयोजनमा ल्याउन सक्यो भने त्यो ठाउँ वा देशको आर्थिक विकाश र उन्नति हुने हो । जति पनि यूरोप र अमेरिका र केहि एशियाका विकसित राष्ट्रहरुले उनीहरुको देशमा भएका प्राकृतिक सम्पदा हरुलाई पहिचान गरि पुणर्रुपमा सदुपयोग गरेर नै विकाशका शिखर चुमेका हुन् ।

त्यसकारण यी ठाउँहरुलाई सुव्यवस्थित ढंग बाट प्रकाशमा ल्याउन यहाँको स्थानियहरुको पहल र तीनवटै सरकार स्थानिय, प्रान्तीय वा केन्द्रिय सरकारको पुणर्रुपमा ध्यान जान आवश्यक छ ।

 

तपाईको प्रतिक्रिया