काठमाडौं । लामो समयदेखि पत्रकारिता क्षेत्रमा कलम चलाउदै आएका इलामे युवा पत्रकार युवराज गौतमलाई जिपी फाउन्डेसन अमेरिकाले सम्मान गरेको छ ।
प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या तथा मुद्दाहरुमा कलम चलाएवापत गतबर्ष अन्तराष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार २०१९ बाट पुरस्कृत भएका युवराज गौतमलाई यश पटक जिपी फाउन्डेसन अमेरिकाले सम्मान गरेको छ ।
कोरोना भाइरसको जोखिममा विदेशमा रहेका नेपालीहरुको मुद्दामा समाचार लेखेवापत जिपी कोइराला फाउन्डेसन, अमेरिकाले सम्मान गरेको हो ।
सूर्योदय नगरपालिका निवासी गौतम विगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल छन् ।
पत्रकार गौतम हाल इमेज च्यानल र विभिन्न अनलाइनमा पत्रकारिता गर्दै आइरहेका छन । विशेषगरि इलामको पर्यटनको बारेमा कलम चलाउदै आइरहेका छ्न ।

तपाईको प्रतिक्रिया