काठमाडौं । यो दशैंलाई लक्षित गरेर गायक सुवणर् कुमार, विष्णु श्रेष्ठ र गायिका दिपा कोईरालाले नयाँ गीत ‘यो दशैंको रमाईलो…’ दर्शकमाझ ल्याएका छन् ।

डब्बु क्षत्रीको निर्देशनमा यो गीतको भिडियो तयार भएको हो । यो गीतको भिडियोमा गायिका तथा मोडल सरिता भारती र अभिनेता राहुल श्रेष्ठ मुख्य भूमिकामा छन् । पछिल्लो समय गायिका तथा सञ्चारकर्मी सरिता भारती मोडलको रुपमा पनि त्यत्तिकै व्यस्त छिन् ।

गीत निकै राम्रो भएकाले आफुले अभिनय गरेको सरिताले बताईन् ।

राहुल र सरिताले सँगै अभिनय गरेको यो तेश्रो भिडियो हो । उनीहरुलाई यो भिडियोमा जोडीको रुपमा निकै राम्रो देखिएको छ ।
यो गीतको भिडियोलाई यतीबेला भिडियोक्राफ्ट नेपाल युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीत र भिडियो दुबैलाई दर्शकले रुचाएका छन् । भिडियोमा अन्य कलाकारमा हेम श्रेष्ठ, मिना लामा, आस्था कार्की, ऋतु कोईराला, सुस्मिता श्रेष्ठ, अस्मिता पौडेल, अनुप दुलाललगायत छन् ।

लिँगे पिङ हालेर गाउँलेको जमघटमा यो गीतको भिडियो तयार गरिएको छ । तीन साता अघि छायाँकन गरिएको यो भिडियो यतीबेला रिलिज गरिएको हो ।

दशैंको अबसरमा भेट भएका अपरिचित युवा युवतीबीच पिङ खेल्दाबाट सुरु भएको प्रेम प्रसँग र दशैं तिहारको साँस्कृतिक भावलाई यो गीतमा समेटिएको छ । गीतको शब्द संगीत सुवणर्कै हो ।

कोरोनाले दमित भएका दर्शक श्रोतालाई केही क्षण भए पनि उल्लासमय गीत प्रस्तुत गरेर हर्षित तुल्याउन आफुले यो दशैंगीत बजारमा ल्याएको गायक तथा संगीतकार सुवणर् कुमारले बताए ।

मोहनिस श्रेष्ठको छायाँकन, सुवणर् कुमारको सम्पादन, मिना लामाको सृँगार, दिलमायाँ मगरको ड्रेस डिजाईन, रेश्मा श्रेष्ठको एसोसिएट कोरियोग्राफीमा सो भिडियो तयार भएको हो ।

 

तपाईको प्रतिक्रिया