काठमाडौं । सुमन खापुङको निर्देशनमा तयार भएको लिम्बू पालाम भिडियो सार्वजनिक भएको छ ।

सानै उमेर देखि नृत्यमा राम्रो दख्खल भएका खापुङले म्यूजिक भिडियो भने पहिलोपटक निर्देशन गरेका हुन् ।

कोरियोग्राफी गर्न रुचाउने खापुङले निर्देशन गरेको लिम्बु भाषिक पालाममा चर्चित गायिका सुनिता थेगिम र इन्द्रसुशील चोङबाङले आवाज दिएका छन् ।

शब्द र संगित राजु आङदेम्बेको रहेको छ । यस पालामको भिडियोमा बर्षौसम्म प्रवास रहेर आफ्नो गाँउ फर्किएको एक युवा र मौलिक नाच केलाङ नाचीहिड्ने सुन्दरी तरुनीसंगको गौढ प्रेमिल तरङ्गलाई रोमाञ्चित कथावस्तु बनाईएको छ ।

धनकुटाको बिभिन्न स्थलमा छायाङकन गरिएको यस भिडियोमा गायक चोङबाङसंगै चुनु तुम्बाहाङफे र शेरकुमार तिलिङ चोङबाङ मुख्य कलाकारको रुपमा छन् भने ओख्रे सक्रिय केलाङ समुहको दमदार केलाङ प्रस्तुति रहेको छ ।

भिडियो हेर्नुहोस् । 

तपाईको प्रतिक्रिया