काठमाडौं । दार्चुलाको महाकाली नगरपालिका–४ पुलघाटस्थित सडकबाट प्रहरीले करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम अवैध जडिबुटी यार्चागुम्बा बरामद गरेको छ।

सो परिमाणको यार्चासहित हुम्ला नाम्खा गाउँपालिका–३ बस्ने ३५ वर्षीय दोकार लामालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा उक्त यार्चागुम्बा फेला पारी उनलाई पक्राउ गरेको हो।

बरामद यार्चागुम्बा सहित उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

तपाईको प्रतिक्रिया