– २७ असोज ०७० को विहानै छातेढुंगाको डेउडीबजारका तीन वटा पसल जले । आगलागीले थलिएका स्थानीय व्यवसायी अरुण कन्दङ्गवा, प्रह्लाद उप्रेती र खगेन्द्र तामाङ अहिलेपनि उठ्न सकेका छैनन् । संयोग कस्तो छ भने त्यही दिन सदरमुकाम म्याङलुङ बजारका आठ घर र एघार पसल पनि जलेका थिए ।

– १ पुस, ०७३ मा दिउँसै बल्यो सक्रान्तिबजार । आगलागीमा परी २९ घर जले । १४ करोड ८ लाख रुपैयाँको धनमाल जलेर नष्ट भयो । आगलागीमा परी ७३ परिवार विस्थापित भएका थिए । आगलागीमा सर्वस्व जलेपछि थलिएकाहरुको घाउ अझै ओभाएको छैन ।

सक्रान्तिबजार, दमकलको चाबी बुझ्दै गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बु र ०७३ मा आगलागीपछिको दृश्य ।

 

तेह्रथुम । आगलागीले पटक-पटक पिल्सिएको तेह्रथुमको आठराई गाउँपालिकाले दमकल पाएको छ ।

गाउँपालिकामै दमकल आएपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् ।

गाउँपालिकाले प्रदेश १ सरकारले दमकल उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले प्रदेश राजधानी विराटनगर पुगेर दमकल बुझेका छन् ।

दमकलको चाबी बुझेपछि  गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बु ।

दमकल आएपछि गाउँपालिका क्षेत्रमा हुने आगलागीका घटनामा आगो निभाउन सहज हुने र सम्भावित क्षतिको जोखिम कम हुने अपेक्षा स्थानीयबासीको रहेको छ । गाउँपालिकाले दमकल पाएको थाहा पाएपछि गाउँपालिकाबासीले खुसी व्यक्त गरेका छन् ।

आगलागीका कारण आठराई क्षेत्रका बासिन्दाले पटक पटक ठूलो क्षति बेहोरेका छन् । १ पुस, ०७३ मा सक्रान्तिबजारमा भएको आगलागीले सबैभन्दा ठूलो क्षति पुर्‍याएको थियो । अहिले गाउँपालिकाको केन्द्र नै सक्रान्तिबजार नै हो । त्यसअघि ०७० सालमा पनि छातेढुंगामा ठूलो आगालागी भएको थियो ।

हालको सक्रान्तिबजार ।

सक्रान्तिबजारमा १ पुस, ०७३ मा दिउँसै भएको आगलागीमा परी २९ घर जलेका थिए । १४ करोड ८ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको थियो । आगलागीमा परी ७३ परिवार विस्थापित भएका थिए । आगलागीमा सर्वस्व जलेपछि थलिएकाहरुको घाउ अझै ओभाएको छैन ।

त्यस्तै, छातेढुंगाको डेउडीबजारका २७ असोज ०७० को विहानै तीन वटा पसल जलेका थिए । आगलागीले थलिएका स्थानीय व्यवसायी अरुण कन्दङ्गवा, प्रह्लाद उप्रेती र खगेन्द्र तामाङ अहिलेपनि उठ्न सकेका छैनन् । संयोग कस्तो छ भने त्यही दिन सदरमुकाम म्याङलुङ बजारका आठ घर र एघार पसल पनि जलेका थिए ।

सामुदायिक बनमा सल्किएको आगो नियन्त्रणमा आउन नसक्दा थोक्लुङमा वर्षेनि आगलागीले ठूलो क्षति हुने गरेको छ । अरु छिटपुट हुने आगालागीका घटनाको हिसाव कितावनै छैन ।

‘गाउँपालिका स्थापना भएपछि गाउँपालिकाले आफ्नै खर्चमा दमकल ल्याउला भन्ने आशा गरेका थियौँ,’ ह्वाकुका सणर् गुरुङ भन्छन्, ‘तीन वर्षसम्म गाउँपालिकाले ल्याएको थिएन, अहिले प्रदेश सरकारले भएपनि दमकल दिएपछि सम्भावित ठूलो क्षति हुनबाट जोगिने आशा पलाएको छ ।’

दमकल आएपछि गाउँमा खुसी छाएको खाम्लालुङका सुमन आचार्य बताउँछन् । दमकल आएको खबर पाएपछि स्थानीयले सामाजिक सञ्जालमा समेत खुसी व्यक्त गरेका छन् ।

हालको सक्रान्तिबजार ।
आगलागी हुनुभन्दा अघिको सक्रान्तिबजार ।

 

१ पुस, ०७३ मा भएको आगलागीका दृश्य ।

 

यो पनि पढ्नुहोस् ।

आठराई गाउँपालिकासहित ११ स्थानीय तहले पाए दमकल र भ्यान

तपाईको प्रतिक्रिया