भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले कोरोना रोकथामकालागि दश लाख रुपैयाँ सहयोग गरेको छ ।

सहकारीका अध्यक्ष बलराम प्रजापतिको नेतृत्वमा आएको कार्यसमितिको टोलीले दश लाख रुपैयाँको चेक मेयर सुनिल प्रजापतिलाई हस्तान्तरण गरेका हुन् ।

सो रकम नगरपालिकाले बनाएको कोरोना व्यवस्थापन कोषमा जम्मा गरी कोरोना रोकथाम तथा नियन्त्रणकालागि खर्च गरिने मेयर प्रजापतिले बताए ।

नगरपालिकाले हाल आफ्नै खर्चमा आइसोलेसन कक्ष समेत सञ्चालन गरेको छ ।

संक्रमणको दर बढ्दै गर्दा लामो प्रयासपछि प्रदेश सरकारको तर्फबाट भक्तपुर अस्पतालमा पीसीआर परीक्षण मेसिन प्राप्त भएको र अब छिटै सञ्चालनमा आउने जानकारी दिए ।

तपाईको प्रतिक्रिया