तेह्रथुम । नेपाल बाल संगठन तेह्रथुमको अध्यक्षमा अर्जुन ढुंगाना नियुक्त भएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको संगठनको केन्द्रीय कार्यसमितिले जिल्ला अध्यक्षमा ढुंगानालाई नियुक्त गरेको हो ।

समितिको १६ असोजमा बसेको बैठकले म्याङलुङ्ग नगरपालिका-२ निवासी ढुंगानालाई मनोनित गरेको हो ।

०३९ सालमा जन्मिएका ढुङ्गाना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता हुन् । सामाजिक क्षेत्रमा लामो समयदेखि कार्यरत ढुंगाना हाल गैरसरकारी सस्था महासघ, युवा गैरसरकारी सस्था महासघ, रेडक्रस सोसाइटी, नेपाल जेसिस र मानव अधिकार क्षेत्रमा समेत संलग्न छन् ।

उनी मदन भण्डारी स्पोर्ट्स एकेडेमीको जिल्ला अध्यक्ष समेत हुन् ।

अध्यक्षमा नियुक्त भएपछि ढुगानाले जिल्लामा बाल अधिकारको क्षेत्रमा नयाँ योजनासहित काम गर्ने बताए ।

बाल संगठनले सञ्चालन गरेको बाल मन्दिर विद्यालय हाल विद्यार्थी नभएको भन्दै सिंहवाहिनी माविमा मर्ज भएको छ ।

अलपत्र अवस्थामा भेटिएका बालबालिकाको संरक्षणकालागि संगठनले जिल्लामा छुट्टै व्यवस्थापन गर्न सकेको छैन ।

 

तपाईको प्रतिक्रिया