तेह्रथुम । भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले विकास र समृद्धिका लागि एक पटक नेपाली कांग्रेसलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभएको छ । मंसिर २१ गते हुने चुनावमा तेह्रथुमबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएकी राज्यमन्त्री गुरुङले बामपन्थीहरुले ०४६ सालदेखि जिल्लामा निरन्तर शासन गरेको, तर विकास गर्न नसकेको बताउनुभयो ।

तेह्रथुमको लालीगुराँस नगरपालिकाको दाँगपामा आयोजित चुुनावी सभामा बोल्दै राज्यमन्त्री गुरुङले जिल्लाको विकास निर्माणको लागि एक पटक नेपाली कांग्रेसका सक्षम उम्मेदवारहरु लाई मतदान गर्न जिल्लाबासीलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहनुभएकी नेतृ गुरुङले जिल्लाको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पुर्वाधार लगायत चौतर्फी क्षेत्रको योजनासहित आफु मतदातामाझ पुगिरहेको बताउनुभयो ।

आफु फेरि पनि सांसद मात्रै बन्नका लागि उम्मेदवारी नदिएको राज्यमन्त्री गुरुङको भनाई छ । ‘पहिले नै दुई पटक सांसद बनिसकेँ, म सांसद मात्र त फेरि पनि बन्न सक्थेँ,’ राज्यमन्त्री गुरुङले भन्नुभयो, ‘तर अब म सांसद मात्र हैन, यहाँको विकासको संवाहक बनेर देखाउन चाहान्छु, तपाईहरुको अभिमतबाट अनुमोदित भएर जिल्लाको विकासको काम गर्न चाहन्छु ।,’

तेह्रथुमे जनतालाई एमालेले ०४६ पछि निरन्तर अढाई दशकसम्म झुक्याइरहेको राज्यमन्त्री गुरुङको भनाइ छ । ‘कांग्रेस काम गराउन देखाउन चाहान्छ, कांग्रेसले ढाँट्न जान्दैन,’ उहाँले भन्नुभयो । मैले तेह्रथुम जिल्लाको निम्ति जुन सपना देखेको छु, त्यो म तेह्रथुमबासीको अभिमत लिएर पाँच वर्षभित्र पुरा गर्न चाहन्छु’ उहाँले दोहो¥याउनुभयो ।
नेतृ गुरुङले तेह्रथुमको विकासका लागि बामपन्थीले जस्तो अढाई दशक नभई आफुले पाँच वर्षको समयमात्रै मागेको बताउनुभयो ।

तेह्रथुमको म्याङलुङमा राज्यमन्त्रीले गरेको भाषण जस्ताको त्यस्तै :-

 

तपाईको प्रतिक्रिया