झारखण्ड । एक १७ वर्षीया किशोरीमाथि भारतको झारखण्डस्थित जमसेदपुरमा उनको ब्वाइफ्रेण्डकै अगाडि सामुहिक बलात्कार गरिएको छ ।

झारखण्ड प्रहरीले शनिबार दिएको जानकारीअनुसार बलात्कारमा संलग्न आरोपमा ५ जनालाई पक्राउ गरिएको छ ।

वरिष्ठ प्रहरी अधिक्षक तलिम वाननका अनुसार गत मंगलबार ती किशोरी आफ्ना ब्वाइफ्रेण्डसँग बागबेडा भन्ने स्थानमा गइरहेकी थिइन् ।

त्यही बेला ती ५ जनाले बन्दुक देखाउँदै उनीहरूलाई कालियाडीह गौशाला लगे । त्यसपछि केटालाई बाँधेर राखे र केटीलाई सामुहिक बलात्कार गरे ।

पक्राउ परेका ५ जनामध्ये एक जना नाबालिग छन् । उनलाई सुधार गृहमा र अन्य ४ अभियुक्तलाई हिरासतमा लगिएको प्रहरीले जनाएको छ । बिबिसी हिन्दी

तपाईको प्रतिक्रिया