तेह्रथुम । तेह्रथुम छथर गाउँपालिका-३, पञ्चकन्या सन्सारेकी १४ वर्षीय समिक्षा लिम्बूको हात फुटबल खेल्ने क्रममा भाँचिएको थियो ।

तर आर्थिक अभावका कारण उनको भाँचिएको हातको उपचार हुन पाएको छैन ।

निम्न वर्गीय परिवारले छोरीको उपचारकालागि आग्रह गरेको छ ।

लिम्बूको उपचारमा सहयोग पुर्‍याउन मंगलबार नेपाली कांग्रेस, छथरगाउँपालिका-३, वडा समितिले एघार हजार पाँच सय पाँच रुपैयाँ सहयोग गरेको छ ।

समितिले उपचार नपाएर समस्या परेकी समीक्षाको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो ।

वडा सभापति तुलसीजङ्ग थापाले घरमै पुगेर समीक्षाकी आमालाई सहयोग रकम उपलब्ध गराए ।

उनले उपचारकालागि सहयोग गर्न आग्रह समेत गरे ।

धनकुटाको छथर जोरपाटीस्थित चुलाचुलीमा फुटबल खेल्ने क्रममा समीक्षाको दाहिने हात भाँचिएको थियो ।

खेलाडी बन्छु भनेर फुटबल खेली हिड्ने छोरीको अचानक हात भाँचिएपछि समस्या भएको आमा चन्द्रिकाले बताइन् ।

उनले उपचारकालागि सहयोग गर्न सबैलाई आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया