गुराँस न्युज । काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभामा काठमाडौं १ बाट नेपाली कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं १ मा नेपाली कांग्रेसले चुनाव जितिसकेको र विधि पुर्याउन मात्र बाँकी रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस बौद्धिक तथा व्यवसायिक चुनाव प्रचारप्रसार समितिले काठमाडौंको बानेश्वरमा शनिवार आयोजना गरेको बौद्धिक व्यवसायिक भेलालाई संबोधन गर्दै पूर्व उपप्रधानमन्त्री सिंहले सो कुरा बताउनुभएको हो । “काठमाडौंका प्रबुद्ध मतदाताले चुनावी मैदानमा उत्रिएका सबै उम्मेद्वारहरुको विगत,वर्तमान, कार्यक्षमता, दक्षता, योग्यता र भविश्यमा गर्न सक्ने कामका बारेमा मूल्यांकन गरिसकेका छन्” नेता सिंहले भन्नुभयो,“चुनाव कांग्रेसले जितिसक्यो, विधि पुर्याउन मात्र बाँकी छ, मंसिर २१ गतेको निर्वाचन परिणामले नै देखाउछ ।”
नेता सिंहले नेपाली कांग्रेसका उम्मेदवार अरु पार्टीका उम्मेद्वार भन्दा धेरै अगाडि भएको उल्लेख गर्दै निर्वाचन प्रचार अभियानका क्रममा मतदाताले राखेका गुनासोलाई आफूले राम्रोसंग सुनेका र जनताकालागि अरु बढी काम गर्ने उत्साह र उमंग लिएर आएको उल्लेख गर्नुभयो । उहाँले यो निर्वाचनमा नेपाली जनमत लोकतन्त्रको पक्षमा आउने र जसको नेतृत्वमा संविधान आयो कार्यान्वयनको जिम्मा पनि त्यसैलाई दिनुपर्ने आवश्यकतालाई नेपाली जनताले बुझिसकेको बताउनुभयो ।
उहाँले नेपाली कांग्रेसले जे निर्णय गर्छ त्यो गरेरै देखाउने क्षमता रहेको उल्लेख गर्दै भन्नुभयो,“२००६ सालमा बैरगनिया सम्मेलनबाट राणाशासनको अन्त्य गर्न सशस्त्र आन्दोलन गर्ने निर्णय भयो, २००७ सालको क्रान्तिले राणा शासन ढालियो ।” उहाँले २०४६ सालको जनआन्दोलनको चर्चा गर्दै भन्नुभयो,“हाम्रै निवास चाक्सीबारीमा भएको नेपाली कांग्रेसको सम्मेलनले पञ्चायती तानाशाहीका विरुद्धमा आन्दोलन गर्ने निर्णय ग¥यो र आन्दोलनले पञ्चायत ढालेर बहुदलीय व्यवस्था पुनस्थापना ग¥यो ।” उहाँले भन्नुभयो, “ढिलोचाडो होला, जेलनेल खाइएला,दुःख होला तर कांग्रेसले निर्णय गरेपछि पु¥याएरै छोड्छ ।” नेता सिंहले स्थापनाकालदेखि नै नेपाली कांग्रेसले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन, लोकतन्त्रको स्थापना गर्न र देशलाई विकास तथा समृद्धिको मार्गमा लैजान गर्व गर्न लायक काम गरेको उल्लेख गर्नुभयो ।
काठमाडौं क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेद्वार समेत रहनुभएका सिंहले नेपाली कांग्रेसले नै १२ बूँदे संझौता गरी द्घन्द्घमा रहेको मुलुकलाई शान्तिमा ल्याएको र २०६२÷६२ को आन्दोलन पछि शान्तिपूर्ण रुपमा मुलुकमा गणतन्त्र स्थापना गरेको पनि चर्चा गर्नुभयो । नेता सिंहले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकले संविधानसभाबाट संविधान पाएको उल्लेख गर्दै भन्नुभयो,“ पहिलो संविधानसभामा कम्युनिष्टहरुको बहुमत थियो, उनीहरुलाई संविधान बनाउने जनादेश पनि थियो तर बनाउन सकेनन्, उनीहरुको ध्यान सेनापति फेरेर सत्ता कब्जा गर्नेमा केन्द्रित भयो । चार चार जना कम्युनिष्ट प्रधानमन्त्री बनाउदा पनि संविधान बनाउन सकेनन्, जिम्मेवारी पूरा गर्न नसकेका दलहरु अहिले थप जिम्मेवारीको कुरा गर्न आएका छन।”
नेता सिंहले आफू काठमाडौंबाट निर्वाचित भएर गएपछि संविधान निर्माणको ऐतिहासिक काममा संलग्न रहदा रहदै पनि विकास निर्माण र स्थानीय जनताको सरोकारका कामलाई उत्तिकै ध्यान दिएको पनि दावी गर्नुभयो । उहाँले विगतमा गरिएका कामका विवरण पुस्तिका नै घरघरमा उपलब्ध गराएको पनि उल्लेख गर्नुभयो । उहाँले नेपालको राजधानीको पनि अग्रस्थानमा रहेको र बुद्धिजीवीहरुको बसोबास भएको काठमाडौको क्षेत्र नं १ ले नेपाललाई सभ्यता र संस्कृतिको पनि नेतृत्व दिन आवश्यक भएको बताउदै फोहर शून्य बनाउने कार्यको नेतृत्व लिन समुदायिक संस्थाहरुलाई आग्रह गर्नुभयो ।
पूर्व उपप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलले मुलुकलाई विकसित र समृद्ध बनाउन पनि नसक्ने बनाउनुभयो । उहाँले एमालेका कारण आजभन्दा २३बर्ष अगाडि आउन लागेको २०१ मेगावाट क्षमताको अरुण तेस्रो आयोजना खारेज भएको उल्लेख गर्दै यस्तो पार्टीबाट देशको विकास संभव नभएको बताउनुभयो ।
उहाँले कम्युनिष्टहरुको स्थायित्वको नारामा पनि दम नभएको उल्लेख गर्नुभयो । “जुन पार्टीका कारण देशमा सशस्त्र द्धन्द्ध भयो, जुन पार्टीहरुले सधैभरी आन्दोलन गर्दछन र आफ्नो पार्टीको बहुमत छँदा सरकार परिवर्तन गरिरहन्छन, तिनले स्थायित्व दिन सक्दैनन्” नेता सिंहले भन्नुभयो ।
“कम्युनिष्ट पार्टीका नेतालाई संसदीय प्रणालीमा अभ्यस्त गराउने हो, नेतृत्व दिने बेला भएको छैन” नेता सिंहले भन्नुभयो,“नेतृत्व भरपर्दो पार्टीले लिनुपर्दछ , त्यो कांग्रेस बाहेक अर्को छैन।” कांग्रेस नेता सिंहले २०४८ सालमा नेपाली कांग्रेसको बहुमतको सरकारले लिएको खुला र उदार आर्थिक नीतिका कारण नेपालको आर्थिक सामाजिक क्षेत्रमा ठूलो परिवर्तन आएको पनि दावी गर्नुभयो । नेता सिंहले नेपाली कांग्रेसले सोचे जस्तो राजनीतिक व्यवस्था ल्याइसकेको हुनाले कांग्रेसको ध्यान अव देशको विकास र समृद्धिमा केन्द्रित हुने पनि बताउनुभयो ।