तेह्रथुम । कलाकार विनोद तामाङ र शिखा पयाङ्गुको अभिनय रहेको ‘मैले माया लाएको’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक टंक लिम्बुको स्वर, भद्रकला आङबुहाङ राईको शब्द र बादल लिम्बुको संगीत रहेको गीतको भिडियो युट्युव च्यानल मार्फत बिहीवार सार्वजनिक गरिएको हो ।

गरिबीको कारण भरखरै घरजम गरेको श्रीमती तथा घर परिवारलाई छाडेर परदेसिनुको पीडा साथै घरखेत साहुले खोसिदिने धम्की बारम्बार आईरहने ज्वलन्त वेदनालाई कथावस्तु बनाईएको भिडियो पत्रकार तथा कलाकार टीआर सेनेहाङले निर्देशन गरेका छन् ।

तेह्रथुममै छायांकन गरिएको सो म्युजिक भिडियो उमेश नेपालीले खिचेका हुन् ।

भिडियोको दृश्य अनिल रानाले सम्पादन गरेका छन् ।

बाध्यताले विदेसिएका नेपाली र घरवासीको वेदना समावेश गरिएको भिडियोमा मनोज दाहाल, राजकुमार तेयुङ र धनुकी लिम्बुको आतिथ्य भूमिका छ ।

मोफसलमै तयार भएको सामाजिक परिवेशको भिडियोबाट दर्शकहरुको माया पाउने अपेक्षा गरेकोे निर्देशक सेनेहाङले बताए ।

 

भिडियो हेर्नुहोस् । 

 

 

तपाईको प्रतिक्रिया