काठमाडौँ । नेपालमा २५ हजारभन्दा बढी संक्रिय संक्रमित भए फेरि लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित कोरोना ब्रिफिङका क्रममा सो जानकारी दिएका हुन्।

अहिलेको स्रोत साधन तथा पूर्वाधारले व्यवस्थापन गर्न समस्या पर्ने भएकाल मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा उक्त निर्णय गरेको डा. गौतमले बताए।

नेपालमा हालसम्म १७ हजार ४१४ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ।

पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ६७ हजार ८ सय ०६ पुगेको बताए।

बुधबार देशभर १७ हजार ४ सय १४ संक्रिय संक्रमित र होम आइसोलेसनमा ९ हजार १ सय ८६ जना रहेका छन्।

आज ७ हजार १४ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ सय ८ सय ९३ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ४९ हजार ९ सय ५४ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७३.७ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया