– लक्ष्मीनारायण मिश्र

स्वागत् छ दिवसमा सुधार भएर आउनु ।
मन मुटु सुधारेर सोच शुद्ध गरी आउनु ।
नेतृत्वको सोचाइमा जगाउ नव श्रृजना ।
सुशासन चलाउनु सुधारी नव योजना ।।

दिमागबाटै हटोस भ्रष्टचार घुसखोरी ।
सोचबाटै घटाएर नातावाद गर्ने बानी ।
बोलेको बचन सम्झी पालन गर्न आउनु ।
जनता संगै रमाई विश्वास खुब् कमाउनु ।।

सेवा काममा भएको ढिला सुस्ती घटाउनु ।
मुस्कान सहित सेवा सर्वव्यापी गराउनु ।
दम्ब र अभिमानको राजनीति घटाउनु ।
सहयात्री हृदयमा ममता दिन आउनु ।।

न्यायमा सुधार नयाँ भएको देख्न म पाँऊ ।
न्यायोचित विकासमा नवीन विचार आऊ ।
शिक्षामा नव चेतना लिएर आउनु तिमी ।
सुधारका लागि स्वास्थ्य सेवामा धाउनु तिमी । ।

बुद्धि विवेक सुधार भएर आउनु तिमी ।
गरीबिको सुधारमा सहयोगी हुनु तिमी ।
सेवक दुःखीको भई ज्ञान ज्योति दिनु सब ।
संविधान दिवसमा सुख शान्ति आऊ नब ।।

।।धन्यवाद ।।
२०७६ असोज २ गते वेलुका ९.०० वजे (चौथो संविधान दिवशको उपलक्षमा)

तपाईको प्रतिक्रिया