काठमाडौं । काठमाडौं उपत्यका, आसपासका जिल्ला तथा देशका पुर्वी भेगमा बुधबार विहानै भुकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार बिहान ५ बजेर १९ मिनेटमा धक्का महसुस गरिएको हो । राष्टिट्रय भुकम्प मापन केन्द्रकाअनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ म्याग्निच्युडको भुकम्प गएको छ । उपत्यकामा भने ठूलो झड्का लागेको थियो ।

अधिकांश मानिसहरु आत्तिएर घरबाहिर निस्किएका थिए ।

भूकम्प आएपछि मानिसहरु कराउँदै घरबाट निस्किएका थिए । तर युरोपियन मेडिटेरियन सिस्मोलोजिकल सेन्टरले भने नेपाल र चीनको सीमाना नजिकै ४.९ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।

तपाईको प्रतिक्रिया