काठमाडौं । पत्रकार तथा कलाकार टीआर सेनेहाङको निर्देशन रहेको ‘मैले माया लाएको’ बोलको गितको भिडियो छायाङकन भई सम्पादन कार्य सुरु भएको छ ।

टंक लिम्बुको स्वर, भद्रकला आङबुहाङ राईको शब्द र वादल लिम्बुको संगित रहेको गितको भिडियो एक हप्ता भित्रमा सार्वजनिक हुने तयारी छ ।

गरिबीको कारण भरखरै घरजम गरेको श्रीमती तथा घरपरिवारलाई छाडेर परदेसीनुको पिडा साथै घरखेत साहुले खोसिदिने धम्की बारम्बार आईरहने ज्वलन्त वेदनालाई कथावस्तु बनाईएको भिडियोमा मुख्य कलाकारको रुपमा विनोद तामाङ र शिखा पयाङगु रहेका छन् ।

भिडियोका दृश्य उमेश नेपालीले खिच्नुभएको हो भने अनिल रानाको सम्पादन रहेको छ ।

बाध्यताले विदेसीले र घरवासीको वेदना समावेस गर्न खोजिएको यस भिडियोमा अथिती कलाकारहरुको रुपमा निर्देशक सेनेहाङ,मनोज दाहाल,राजकुमार तेयुङ र धनुकी लिम्बु रहनुभएको छ ।

तपाईको प्रतिक्रिया