फाइल तस्विर ।

काठमाडौं । प्रदेश १ स्तरीय वक्तृत्वकला प्रतियोगितामा मोरङका नवराज भट्टराई विजयी भएका छन् ।

राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित ‘कोरोना भाइरसले बालकालिकामा पारेको असर र सरोकारवालाको भूमिक’ विषयक भर्चुअल वक्तृत्वकला प्रतियोगितामा पाँचथरका योगेश तिम्सिना र ताप्लेजुङकी अनिता पन्धाक क्रमशः द्धितीय र तृतीय भएका छन् ।

उनीहरुलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।

मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा भएको प्रतियोगितामा प्रदेश १ का १४ जिल्लाका १-१ जना सहभागी थिए । यसअघि प्रत्येक जिल्लाबाट छनौट प्रतियोगिता संचालन गरि प्रथम स्थान हासिल हुनेले प्रदेशस्तरीय प्रतियोगिताका लागि सहभागी हुने अवसर पाएका थिए ।

कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगीहरुलाई विचार राख्न ५ मिनेट समय दिइएको थियो ।

प्रतियोगिताको सहआयोजकको रुपमा मञ्चको बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनाका साझेदार संस्थाहरु देउराली सोसाइटी तेह्रथुम, वातावरण संरक्षण तथा विकास सञ्च ताप्लेजुङ, मानव अधिकार चेतना र विकास केन्द्र पाँचथर, सामुदायिक विकास मञ्च धनकुटा, समाज स्पर्श समिति संखुवासभा, प्रदेश कोकन मोरङ, दुरदृष्टि विकास समाज केन्द्र सुनसुरी, मानव अधिकार सूचना र सुशासनका लागि सुशासन हिमायति उदयपुर, जनसेवा समाज नेपाल खोटाङ, एकीकृत श्रोत व्यवस्थापन समिति ओखलढुङ्गा र योङ स्टार क्लब सोलुखुम्बु थिए ।

तपाईको प्रतिक्रिया