कैलाली, मंसिर १५ – नेपाली कांग्रेसका सभापति एंवम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनीधि र प्रदेशसभा चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउने बताउनुभएको छ ।
शुक्रबार बिहान धनगढी आउनु भएका देउवाले धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै चुनावमा बहुमतका साथमा कांग्रेस पहिलो पार्टी बन्ने दावी गर्नुभयो ।
वामएकताका बाबजुत पनि कांग्रेस प्रति जनताको लहर बढेको आफूले पाएको उहाँले बताउनुभयो । चुनावको सुरक्षा व्यवस्था अत्यन्तै मजबुत पारिएको प्रधानमन्त्री देउवाले बताउनुभयो । छिटपुट घटना बाहेक चुनावको वातावरण निकै शान्त र सौहाद्रपूर्ण रहेको प्रधानमन्त्री देउवाले दावी गर्नुभयो ।