काठमाडौँ । सरकारले पिसिआर परीक्षण शुल्क देशभरका सबै प्रयोगशालाका लागि अधिकतम दुई हजार रुपैयाँ तोकेको छ ।

परीक्षणमा प्रयोग हुने सामानहरूको मूल्य घटेको आधारमा शुल्क संशोधन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

निजी तथा सरकारी सबै प्रयोगशालामा सबै शुल्कसहित पिसिआर परीक्षणको अधिकतम दुई हजार रुपैयाँ मात्र तोकिएको गौतमले जानकारी दिए ।

चारवटा अस्पतालमा पिसिआर जाँच गर्दा फरक–फरक नतिजा आएको सम्बन्धमा मन्त्रालयले ध्यानाकर्षण भएको उल्लेख गर्दै गौतमले त्यसको जाँच सुरु भएको जानकारी दिए । के–कसरी त्यस्तो भएको सम्बन्धमा मन्त्रालयले जाँच थालेको छ,’ गौतमले भने ।

बंगलादेशबाट प्राप्त भएको रेम्डेसिभिर औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्काे निर्देशिकाअनुसार प्रयोग गर्न सूचीकृत भएका अस्पतालहरूमा बिरामीको चापअनुसार वितरण गर्ने र त्यसको सम्पूर्ण विवरण परिषदमार्फत मन्त्रालयमा पेस गर्नुपर्ने निर्णय भएको गौतमले उल्लेख गरे ।

अहिले मात्र पाँच हजार भाइल रेम्डेसिभिर इन्जेक्सन प्राप्त गरेको गौतमले जानकारी दिए ।

त्यसैगरी देशभर सञ्चालित एम्बलेन्स बिरामी बाेक्नेबाहेक अन्य प्रयोजनमा प्रयोग भएको पाइएमा तुरुन्त दर्ता खारेज गरिने र भविष्यमा उक्त संस्थालाई एम्बुलेन्स सञ्चालन पनि गर्न नदिइने निर्णय भएकाे गाैतमले बताए ।

तपाईको प्रतिक्रिया