–  दिपक लिम्बू, 

घरि घरि अलमल छ,
फेरि निरन्तर नै चल्छ
सँधै उस्तै व्यस्तता छ,
चुकाउनु छ धितो आफ्नै जीन्दगीको !
तिरिरहनु छ किस्ता आफ्नै जीन्दगीको ….

 

न बर्ग विभेद ! समान छ नीति, थोरै घटी बढीमात्रै हो ।
न ब्याज मिनाहा हुन्छ, नत सावाँ
समय बिपरित चल्दैछ ।
तैपनि तिर्नै छ किस्ता जीन्दगीको …..

दिनभरि काममा व्यस्त,
थकान र सिथिल शरीर ।
ए हजुर छिन ! छिन ! पाउजु
र गलामा हार चाहियो नि भन्या छु..
नत्र जान्या छु ।
तिर्नै छ किस्ता,
न ब्याज मिनाहा हुन्छ, न त सावाँ !
बड्दै छ किस्ता जीन्दगीको….

 

नव दिन, नव जिन्दगी पुरानै काम चल्दै छ
घरि घरि अलमल, तर निरन्तर छ ।
ए हजुर.. थोकबजारमा बन्दी छ ! खानलाई ।।
तर अथक बड्दै छ किस्ता !
किस्ता जीन्दगीको…..

 

टिलपिल टिलपिल रङ्गिन आँखा, नामर्दको नाम ।
ए हजुर.. एउटा सुन्दर बङ्ला, अहिलेको नेकलेस्ट,
चाहियो नि भन्या छु, नत्र जान्या छु ।।
तिर्नै छ किस्ता, बड्दै छ किस्ता ।
किस्ता जीन्दगीको…..

 

बोल कबुल सम्झौता धितो जिन्दगी
किस्ता-किस्ता तिर्नै छ बाकी ।
किस्ता जीन्दगीको…..

तेह्रथुम, हाल : काठमाडौं ।

तपाईको प्रतिक्रिया