– लक्ष्मीनारायण मिश्र

हाम्रो समस्या त दैनिक चुलो वाल्नमा थियो
धन्य छ सरकार ! सिंगो घर नै बालिदियौ ।
यसरी नै गरीबका सवै झुपडि बालिदिनु ।
किनकी भूमीहिनहरुको अन्त पनि गर्नुछ ।

हाम्रो समस्या त गरिवी संग लड्नु थियो ।
तर तिमीले व्यवसाय नै बन्द गरिदियौ ।
धन्य छ कोरनाको कहरमा यो अभ्यासलाई,
यसरी नि श्रमिकका काम बन्द गरिदिनु ।

हाम्रो समस्या त बाँस वस्ने घरको थियो ।
बाडीले घर बनाउने ठाँउ नै वगाइ दियो ।
धन्यबाद छ हाम्रो सरकारलाई,
त्यसैले होला ठुुलो धर्मसाला सहित,
चितवनको माडिमा राम मन्दिर बन्ने भएछ ।

हाम्रो समस्या त,
महाँमारी भन्दा पनि भोकमारीको थियो ।
तर माहामारीमा गरीखाने काम पनि सकियो ।
हाम्रो अभ्यास त गरि खानेमा थियो ।
तर यहाँले बसी बसी खान पुग्छ, भन्नु भो,
अचम्म लागेको थ्यो मलाई त्यो बेला ।

आजकाल काम नपाएर
श्रमजीविहरु वसी रहेका छन् ।
महाँमारीले त को को जान्छन् ?
थाहा छैन कसैलाई,
तर अब भोकमारीले श्रमीक जाँदैछन् ।
गरीब जनताहरु सिद्धिदै छन् ।
आखिर बसीरहने त डाँठहरु नै रहेछन् ।
बसी खानेहरु त कमिसनखोर नै भएछन् ।

। धन्यबाद ।
२५ भाद्र, २०७५

तपाईको प्रतिक्रिया