– किशोरचन्द्र दुलाल,
नदेखिने दुष्मन व्याप्त बन्दै
लग्याे मनुष्य वहुतै लाखलाख गन्दै ।
अदृष्य भई सहजै उ त घुम्ने पारा
पा-याे वसैमा याे व्रम्हाण्ड सारा ।।
लग्याे वालवच्चा अनि वुवा आमा
लायाे कुदृष्टि ती बुढाबुढीमा ।
सकस् बनायाे दीर्घ राेगी सबलाई
छाेडेन हृष्टपुष्ट ती युवा कसैलाई ।।
विज्ञानलाई पनि अल्मल्यायाे
सामुन्ने पर्ने सबलाई सतायाे ।
चाैपट्ट पारी सब अर्थ तन्त्र
ठप्पै बनायाे गति यत्र तत्र ।।
लुक्ने बनाइदिइगाे सब काेठरीमा
निस्किगए पर्दछ टाेकरीमा ।
अदृष्य भै त्रास दिइस् काेराेना
आयाे याे कस्ताे असहज् जमाना ।।
बस्नु घरैमा अपनाई सुरक्षा
ख्याल राख्नु आफ्नाे सबले अवस्था ।
लापर्वाही गर्नु हुदैन हेर
अटेर गरे जीवन जान्छ खेर ।।
– म्याङलुङ, तेह्रथुम

तपाईको प्रतिक्रिया