डोटी, मंसिर १३ – यहि मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका लागि भन्दै डोटीमा जाँडरक्सीको बिक्री वितरण तथा ओसार प्रसारमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीले मंसिर २९ गतेसम्मका लागि जिल्लामा रक्सी बिक्री वितरण तथा ओसार प्रसार गर्नमा रोक लगाएको हो ।

जाँड रक्सीका कारण आसन्न चुनावमा असर पर्ने देखिएकाले पूर्ण रुपमा रोक लगाइएको डोटीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया