काठमाडौं, मंसिर १३ – प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार पनि चुनावी प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ । उहाँले बुधबार स्याङ्जा र कास्कीको पोखरामा हुने तीनवटा चुनावी सभामा सम्बोधन गर्ने कार्यतालिका रहेको देउवाको निजी सचिवालयले जनाएको छ ।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार गृहजिल्ला झापा जाने कार्यक्रम छ । त्यहाँ उहाँले आउँदो शनिबारसम्म चुनावी सभामा सम्बोधन गर्नुका साथै घरदैलो अभियान समेत गर्ने तयारी छ ।
यसैगरी चुनावी पचारपसारको लागि गएको शुक्रबार नै आफ्नो निर्वाचन क्षेत्र चितवन पुग्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पचण्ड शुक्रबार मात्रै काठमाडौं फर्कने योजनामा हुनुहुन्छ । चितवनमा उहाँले घरदैलो अभियान गरिरहनुभएको छ ।