काठमाडौं । कीर्तिपुर नगरपालिका-४, गाम्चामा पुग्नुभयो भने भर्खरै बनाएको एउटा नयाँ घर देख्नुहुनेछ, सो घरभित्र हेर्दा कारखाना जस्तो नै लाग्छ । कारखानामा चिउरा कुट्ने मेशिन, मसला पिस्ने मेशिन, धान कुट्ने मेशिन र नेवारी समुदायको धार्मिक कार्यमा प्रयोग हुने स्यावाजी र लाभा उत्पादन गर्ने मेशिन चलिरहेकोे देख्न सकिन्छ ।

कीर्तिपुर नगरपालिकासँगको सहकार्यमा वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा कीर्तिपुर नगरपालिका र असल छिमेकी नेपालद्धारा अनुदानमा उपलब्ध गराएको चिउरा कुट्ने मिल, मसला पिस्ने मिल, पिठो पिस्ने र धान कुट्ने मिल स्थापना भएको छ । उक्त मिल जडान भएपछी स्थानीय महिला तथा पुरुष गरी १४ जना आवद्ध भएको समुहमा स्यावाजी र लाभाको व्यवसाय स्थापना गरी सवै जना स्वरोजगार समेत भएका छन् ।

नेवारी समुदायको हरेक धार्मिक र साँस्कृतिक कार्यमा अनिवयार्य रुपमा चाहिने स्यावाजी र लाभाको उत्पादनको लागि पहिला स्थानीय स्तरमा भएको एउटामात्र मिल कहिले सञ्चालनमा आउने र कहिले बन्द हुने भएको हुँदा आवश्यक परेको वेला वाहिरबाट आयात गर्नु पथ्र्यो भने अहिले यही वाट काठमाडौका विभिन्न स्थानमा निर्यात समेत हुने गरेको स्यावाजी तथा लाभा उत्पादन समुह वडा नं. ४ गाम्चाका अध्यक्ष रामभक्त मर्हजन बताउँछन् ।

कीर्तिपुर नगरपालिका वडा नं. ५ जाखामा धेरै टनेलमा तरकारी खेती देख्न सकिन्छ । यही ठाँउमा पश्चिम अर्घाखाँचीवाट वसाई सरी आएकी लोका पुलामी मगर सधै तरकारी खेतीमा व्यस्त छिन् । मौसम अनुसारको तरकारी उत्पादन गरी कीर्तिपुरको तरकारी बजारमा लगेर नियमित बेचविखनको कार्य गरिरहेकी छिन् । पैसा कमाउन विदेश नै जानुपर्छ भन्नेका लागी गतिलो उदाहरण बनेकी छिन् लोका पुलामी मगर ।

विभिन्न जिल्लाबाट वसाइ सरी आउनु भएका व्यक्तिहरुले स्थानीय व्यक्तिहरुको खाली जग्गामा सामान्य तरकारी खेती गरी रहेका १५ जना अगुवा कृषकहरुलाई असल छिमेकी नेपालको पहलमा समुहमा आवद्ध गरी विभिन्न कृषि जन्य सामग्रीको सहयोग गरी तरकारी खेती गर्न प्रोत्साहन गर्नुका साथै टनेलमा गोलभेडा खेती गर्न अभिप्रेरित गरेको छ ।

प्रतिनिधि पात्रका रुपमा रहेका, स्यावाजी र लाभा समुह, लोका पुलामी मगर जस्तै अन्य धेरै महिला तथा पुरुषलाई समुहमा आवद्ध गरि आवश्यकता अनुसारको सीप प्रदान गर्नुका साथै व्यवसाय सञ्चालन गर्नको लागी असल छिमेकी नेपालले विभिन्न सामग्रीहरु अनुदानमा सहयोग गर्नुको साथै प्राविधिक सहयोग समेत गरी गरिरहेको छ ।

गत वर्ष सीप परिक्षण तह १ को बेमौसमी तरकारी खेतीको तालिम लिएका २१ जना अगुवा कृषकहरुले आफुले उत्पादन गरेको तरकारीहरु आफैले स्थानीय बजार तथा कीर्तिपुर तरकारी बजारसम्म ल्याउँछन र उपभोक्ता लाई बेच्छन् । स्थानीय उत्पादकको उत्पादन सिधै उत्पादकले नै विक्री वितरण गर्ने र विचौलियाबाट उत्पादकले बस्तुको उचित मूल्य नपाउने अवस्थाको अन्त्यको लागी कीर्तिपुरको पायक पर्ने ठाँउ हनुमानघाट चिखु आवास क्षेत्रमा गत वर्ष श्रावण महिनाबाट नगरपालिका सँगको समन्वयमा तरकारी वजार स्थापना गरिएको छ ।

तरकारी बजार स्थापना पछी स्थानीय स्तरमा उत्पादन भएका स्वच्छ ताजा तरकारीहरु स्थानीय कृषकहरुले कहाँ लगेर बेच्ने भन्ने झमेलाबाट मुक्त भएका छन् र उचित मूल्य समेत प्राप्त भएको स्थानीय तरकारी उत्पादक व्यवसायी लोका पुलामी मगरको भनाइ छ ।

स्थानीय मुल्य श्रृखला विकासको अवधारणामा आधारित कृषि जन्य वस्तु उत्पादन तथा बजारीकरणमा संलग्न गराउनका लागि कीर्तिपुर नगरपालिका सँगको समन्वयमा वल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित शहरी जीविकोपार्जन तथा फोहोर व्यवस्थापन परियोजना कार्यान्वयन गर्ने साझेदार संस्था असल छिमेकी नेपालले विभिन्न उत्पादन समुह गठन गरी सहयोग गरेको छ ।

कीर्तिपुर नगरपालिका सँगको सहकार्य र वल्र्ड भिजन इन्टरनेशनलको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालिन शहरी जिविकोपार्जन र फोहोर व्यवस्थापन कार्यक्रम अन्र्तगत कीर्तिपुर नगरपालिका सबै वडाहरुमा कार्यक्रम सञ्चालन हुदै आइरहेको परियोजना संयोजक मनोज न्यौपानेले दिए ।

असल छिमेकी नेपालद्धारा सञ्चालिन यस कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका परिवारलाई पहिचान गरी दर्ता भएका वालवालिकाका अभिभावक, अति जोखिमका रहेका परिवारहरुको आर्थिक उन्नतिमा सहयोग गरी उनीहरुले वालवालिकको राम्रो भरणपोषण गर्न सकुन र पर्न सक्ने आर्थिक समस्याबाट माथि उठ्न सकुन भन्ने उदेश्यले न्यून आय भएका र अति जोखिममा रहेका समुदायका व्यक्तिहरुलाई उत्पादन बृद्धि गराई दिगो आम्दानी बढाउन र आम्दानीले परिवार र वालवालिकाको आवश्यकता पुरा गर्न यस परियोजनाले महत्वपुणर् भूमिका निर्वाह गरिरहेको छ ।

जस अन्र्तगत हालसम्म कृषि उत्पादन, झोला उत्पादन, च्याउ उत्पादन, अचार उत्पादन, बाँसका सामग्री उत्पादन र स्यावाजी र लाभा उत्पादन र छालाजुत्ता उत्पादन गरी ४१ उत्पादक समुह र ६९ वटा रुपान्तरणका लागि वचत समूह गठन गरी ती समुह मार्फत आफ्ना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ भने १५० जना भन्दा बढीलाई सीपमूलक व्यवसायिक तालिम प्रदान गरी जीविकोपार्जन तथा स्वरोजगारमा सहयोग पुर्याएको छ । यस वर्ष करिव ८० जनाको लागि लक्षित कुक, प्लम्विङ र सिलाइ कटाइको तालिम विश्वव्यापी कोभिड १९ को महामारीको कारणले स्थगित गर्नु परेको संस्थाले जनाएको छ ।

शहरी जीविकोपार्जन तथा फोहोर व्यवस्थापन परियोजनाको अर्को मुख्य उदेश्य फोहोर व्यवस्थापन हो । कीर्तिपुर नगरपालिकाले सञ्चालन गरेको स्वच्छ कीर्तिपुर अभियानमा टेवा पुर्‍याउन फोहोरमैला व्यवस्थापनमा पनि विभिन्न कार्यहरु सञ्चालन गरी नगरपालिकालाई सहयोग गर्दै आएको छ ।

नगरपालिका सँगको सहकार्यमा फोहोरमैला व्यवस्थापन बारेमा जनचेतना जगाउने, फोहोरलाई स्रोतको रुपमा हेर्ने बानीको विकास गर्नेलाई उचित सम्मानको लागि सचेतना बढाउने कार्य गर्दै आएको छ ।

कोभिड १९ को अवस्थालाई मध्यनजर गरी गत महिना अति विपन्न व्यक्तिहरुलाई राहत सामग्री तथा जिविकोपार्जनमा सहयोग पुर्याउनको लागी विभिन्न अनुदान सामग्री समेत वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया