ताप्लेजुङ । लिम्बु गीत संगितको क्षेत्रमा १ दशकयता एकछत्र राज गरेका गायक तथा संगितकार ब्रबिम सेर्मा ‘चेसुङ’को ‘कोक्मा फाङ्जङ्’ बोलको लिम्बू भाषाको म्यूजिक भिडियो सार्बजानिक भएको छ ।

कोरोना भाईरस कोविड-१९ को कारण नेपाल लगायत बिश्व संकटमा रहेको समयमा पनि संगित सिर्जनालाई निरन्तरता दिँदै, गायक ब्रबिमले ‘कोक्मा फाङ्जङ्’ बोलको लिम्बू म्यूजिक भिडियो बजारमा ल्याएका हुन् । नेपाली गीत संगितमा समेत राम्रो दखल भएका गायक सेर्मालाई यस गीतमा गायिका सृजना जबेगुले युगल आवाजमा साथ दिएका छन् ।

बैसको उट्पट्याङ शैली र अभिभावक साथै प्रकृतीले समेत गिज्याउने गरेको तरुण भावलाई भिडियो मार्फत व्यक्त गरिएको यस गितको शब्द डिल्ली विक्रम सेर्मा र गायक व्रबिम आफैले कोरेका हुन् । टेकेन्द्र यक्सोको एरेञ्ज रहेको गितमा रचनाकार द्धयले नै संगित पनि भरेका छन् । लिम्बुवानको मुटु मानिने पान्थरको ऐतिहासिक स्थलहरूमा छायाङ्कन गरिएको भिडियोमा गायक ब्रबिम, चन्दा लिम्बु, सनय सेर्मा, नुनाम केरुङ र सुमन लामालाई हेर्न सकिन्छ ।

वैवाहिक सम्बन्धका लागि केटी माग्न जाँदा केटाले बाटोमा कल्पना गरेका प्रेमील मनोदृष्य साथै बीचबीचमा हराउने साथिले मंगेत्तरको बहिनीलाई भगाएको ठट्याउलो यथार्थको कथावस्तुलाई क्यामेरामा कैद गरिएको उक्त भियडयोमा क्यामेरामेन भुपेन्द्र तुम्बाहाङफेले खिचेका हुन् । म्यूजिक भिडियोको निर्देशन पनि तुम्बाहाङ्फेले नै गरेका हुन् ।

संगितको स्वर्णिम् दुनियाँभन्दा बाहीर कोही पनि रहन सक्दैनन् भन्ने ध्येय लिएका गायक तथा संगितकार सेर्माले नेपाली तथा लिम्बु भाषाका दर्जनौँ एल्वम् तथा सयौँ गीतमा स्वर दिईसकेका छन् ।

तपाईको प्रतिक्रिया