तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेस्थित भगवती माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाइ समिति गठन भएको छ । विद्यालयमा मंगलबार भएको विद्यार्थीहरुको भेलाले ममिता तुम्खेवाको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा इमानसिंह तामाङ, भूमिका शंकर, मनोज लुईटेल र ज्ञानेन्द्र भण्डारी रहनुभएको छ । समितिको सचिवमा सिर्जना ढकाल, सहसचिवमा मोनिका लिम्बु र कोषाध्यक्षमा पुर्ण कार्की चयन हुनुभएको छ ।
समिति नेपाल विद्यार्थी संघ तेह्रथुमका सचिव कृष्ण बाँस्कोटा, जिरिखिम्ती बहुमुखी क्याम्पसका स्ववियु सभापति रोमन गौतम, सचिव रविन लिम्बु लगायतको उपस्थितिमा गठन भएको हो ।