ध्रुव ढकाल
सुनसरी । नेपाली काँग्रेसका सुनसरी जिल्ला सभापती राजिव कोईराला सुनसरी क्षेत्रनम्वर २ ख बाट प्रदेश सभाको लागी प्रत्यक्ष उम्मेदवार वनेका छन् । लोकतन्त्रप्रतिको प्रतिबद्धता र सरल राजनीतिक जीवनशैली निर्वाह गदै आएका नेता राजीव कोइरालाको स्वभाव पनि सरल रहेको छ । त्यागी नेता केशरीराजका सन्तान राजीवको ब्यवहार पनि पिताको जस्तै रहेको छ । उनको ब्यवहारकै कारण स्थानहिरु प्रति लोक प्रिय रहेका छन् ।
मंसिर २१ गते हुने निर्वाचनमा होमीएका कोईरालाको प्रतिसपर्धा वामगठवन्धनका उम्मेदवार सँगैहुने छ । निकै लामो राजनैतिक ईतिहाँस वोकेका कोईरालाको लागी भने यो निर्वाचन पहिलो रहेको छ । कोईराला घर दैलोमा जनता सँग जाँदा सवैले उनको स्वागत गरेका छन् । ईनरुवा र ईनरुवा देखी तल्लो भाग जसको विकाश नेपाली काँग्रेस बाट मात्र सम्भव रहेकोले रुख चुनाव चिन्नमा मतहाल्ने स्थानीयले वताउने गरेका छन् । सुनसरी ईनरुवाले नेपाली काँग्रेस र कोईराला खान्दानको लामो ईतिहाँस वोकेको कारण पनि स्थानीय मतदाता कोईराला प्रती आकर्षीत रहेका छन् ।
राजीव कोईराला जसले भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाभरीनै नेपाली काँग्रेस लाई चलायमान वनाई स्थानीय तहको निर्वाचनमा सुनसरीमा पहिलो पार्टी वनाउन सफल भए । जसले काईराला एक कुसल सँगठन गर्ने नेताको रुपमा पनि परिचतहुन सफल भएका छन् ।
राजनीतिका लागि आर्थिक लाभको कुनै पेसा नअँगालेका कोईराला राजनीतिक आवरणमा हुने कुनै पनि गलत प्रकारको कार्यको विरोधि नेताहुन् । जनताका पक्षमा संविधान अनुसारका ठोस कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने कोइराला त्यसका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’मा लोक प्रिय उम्मेदवार बनेको रुपमा परिचित रहेका छन् ।
कोईराराले निर्वाचन पश्चात आफ्नो निर्वाचन क्षत्रमा रहेका सवै बाटाको स्तर उन्नती गरी पक्की वनाउने प्रति वद्धता गरेका छन् । विकाशको लागी बाटो अत्यावसेक रहेको कारण सर्वप्रथम बाटोको स्थर उन्नती बाट आफ्नो कार्यको थालनी गर्ने वताएका छन् । २ ख नम्वर निर्वाचन क्षेत्रमा अझै कतिपय स्थानमा जान धुलाम्मे बाटा र कच्चीमा भएकोले जनताले निके कष्ट भोग्नु परेकोले बाटो सुविधा जनताले छिटैमहसुस गर्ने प्रतिवद्धता जनाएका छन् । कोईरालाले सुनसरी २ ख निर्वाचन क्षेत्रका उर्रभर भुमी रहेको र यहाँ उत्पादीत कृषि सामाग्री पनि बजार सम्म पुर्याउन पनि सडकै आवस्यकता पर्ने भएको कारण प्रत्येक वडामा पक्की बाटोको वनाईनेमा विश्वस्त रहन स्थानीय वासी लाई आग्रह गर्नु भएको छ ।
कोईरालाले यस क्षेत्रका स्थानीय प्रत्येक बर्ष आउने वाढीको समस्यामा रहेको र उनिहरुले लगाएको बाली वाढीका कारण नस्टहुने गरेको समस्या लाई समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रमा पर्ने खोला नालाको उचित तटवन्ध गर्ने र कृषकको लागी वालीको विमा गर्ने वताएका छन् । कृषकको उत्साहको लागी कृषि मेला लगाउने र कृषीमा स्थानीयलाई आत्म निर्वाह गर्न सक्ने वातावरणको सृजनागर्ने कोईरालाको योजनारहेको छ ।
यस क्षेत्रमा रहेको प्रमुख समस्या सुकुम्बासी समस्या जसको उन्मुलनको लागी लागी पर्ने वताए । सुकुम्वासी लाई स्थानान तरण गरी सकभर लाल पुर्जाको ब्यवस्था गराउनमा उनको पहल रहने समेत वताएका छन् । सुकुमवासी लाई पनि अन्य नागरीक सो सरह सुविधाको ब्यवस्थापनमा लागी पर्ने उनको भनाई रहेको छ । त्यसैगरी यस क्षेत्रमा रहेका पिछडिएको वर्ग, मुस्लिम, दलितलाई निःशुल्क खानेपानी र शिक्षा ब्यवस्थापन गर्ने समेत वताएका छन् । भैपरी आउने दुर्घटना लाई मध्यनजर गरी विपन्न राहत कोषको उचित सदुपयोग गर्ने गरी ब्यवस्थापनमा जुट्ने कोईरालाको प्रतिवद्धता रहेको छ ।