काठमाडौं, मंसिर १२ – युवा उद्यम कार्यक्रम सञ्चालन गर्न इच्छुक भए आवेदन दिन राष्ट्रिय युवा परिषद्ले आग्रह गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ अन्तर्गत १६ देखि ४० वर्षसम्मका बेरोजगार युवाको समुह वा संस्थाले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रबाट आवेदन दिन सक्ने परिषद्ले जनाएको छ ।

अघिल्ला वर्ष झैं यो वर्ष पनि परिषद्ले एकएक वटा युवा उद्यम कार्यक्रम अन्तर्गत आवेदन दिने आह्वान गरेको हो । आवेदन दिनका लागि कम्तिमा ५ देखि १० जना बेरोजगार युवाको समुह वा संस्था हुनु पर्नेछ । समुहमा ५० प्रतिशत महिला अनिवार्य हुनु पर्ने  छ ।

त्यसैगरी, निवेदनका साथमा सम्बन्धित निकायमा संस्था दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि, ५ वर्षे व्यावसायिक योजना, व्यवसायिक उद्यम सञ्चालन गर्ने समुहका सबै सदस्यको नागरिकता, कम्तिमा ८ कक्षा पास भएको प्रमाणपत्रको प्रतिलिपि र समुहको बैठकले गरेको निर्णयको प्रतिलिपि र परिषद्को वेवसाइटमा रहेको व्यवसायिक ढाँचामा उल्लेख भए अनुसारका कागजपत्र समेत पेस गर्नुपर्ने छ ।

५ वर्षे व्यावसायिक  ढाँचा युवा परिषदको वेवसाइटबाट डाउनलोड गर्न सकिने छ । आवेदन पुस १५ गतेसम्म दिन सकिने छ ।

तपाईको प्रतिक्रिया