तुलसीराम धमला

तेह्रथुम, ११ मंसिर । तेह्रथुमको अाठरार्इ गाउँपालिका-२, खाम्लालुङमा सोमबार बाम-गठबन्धनको वडास्तरीय चुनावी सभा सम्पन्न भएको छ । सभालाई संम्बाेधन गर्दै बाम-गठबन्धनबाट क्षेत्र नम्बर (ख)  का प्रत्यक्ष तर्फका उमेद्वार तेजमान कन्दङ्वाले गठबन्धनकाे जितले मात्र तेह्रथुम जिल्लाकाे विकासले गति लिने बताउनुभयाे ।

कार्यक्रममा नेकपा एमाले किसान महासंघ केन्द्रीय उपमहासचिव बाबुराम थापा , अाठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु लगायतले बाम-गठबन्धनकाे जितले मात्रै तेह्रथुममा अामुल परिवर्तन अाउने बताउनु भएको छ ।

त्यस्तै साेही भेलाबाट मन्जिल चाेङ्वाङकाे संयाेजकत्वमा  १ सय ५१ सदस्य युवा परिचालन समिति गठन भएकाे छ । समितिकाे सह-संयाेजकमा राजु फाेम्बाे र सचिवमा सबिन फाेम्बाे रहनुभएकाे  छ ।

तपाईको प्रतिक्रिया