भोजपुर, मंसिर ११– जिल्लाको पश्चिमी टेम्केमैयुङ गाउँपालिका–७, कोटको आहालेस्थित एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सोमबार घर नजिकै चुलोमा बलिरहेको आगोको झिल्कोबाट घर सल्किँदा कोट आहालेका रणबहादुर राईको घर पूर्ण रुपमा ध्वस्त भएको थियो ।

दुईजना बुढाबुढी मात्र बस्दै गरेको उक्त घरमा आगो लागेपछि घरभित्र रहेका अन्नपात, लुगाकपडा र पैसा सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले बताएको छ ।

तपाईको प्रतिक्रिया