गुराँस न्युज । तेह्रथुम । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार तेह्रथुमको म्याङलुङमा अायोजित चुनावी सभालार्इ सम्बोधन गरेर फर्किनुभएको छ । देउवा तेह्रथुमको कार्यक्रमपछि झापाको गौरादहमा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ उड्नुभएको हो । प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समेत हुनुहुन्छ । तेह्रथुममा प्रधानमन्त्री  देउवासँगै युवा नेता गगन थापा समेत अाउने तयारी थियो । थापा अाफ्नै क्षेत्रको चुनावी कार्यक्रममा व्यस्त भएर अाउनुभएनँ । विहान ११ बजे नै देउवा अाउने भनिएपनि झन्डै १२ बजेमात्रै देउवा कार्यक्रमस्थल पुग्नुभएको थियो । कार्यक्रमस्थल र सम्बन्धि गतिविधिमा देखिएका यी तस्वीरहरु हेरौँ ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया