भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको बोडेमा ऐतिहासिक नीलबाराही नाच सुरु भएको छ ।

गुंलागा द्वितियादेखि सुरु भएको नाच गुंलागा पञ्चमीसम्म नचाइनेछ । बोडेको नारायणथान लाछीबाट सुरु भई लायकू छेँ, विष्णुघाट, महालक्ष्मीस्थान, भाँगुटोल, खांसी टोल, हुँदै पुनः नारायणथानमा पुगेर नाच समापन गर्नुपर्ने परम्परा छ ।

तान्त्रिक नियममा बाँधिएर संचालन हुने यो नाचमा एक भैरव, चार बाराही, चार कुमारी, चार गणेश र दुई द्वारपाल गरी १९ जना देवगणको समूह हुन्छ । चारदिनसम्म बोडेका नगरभर धाः बाजाको तालमा भुस्याः, काँय र पोङा बजाएर यो नाच नचाउने परम्परा रहको छ ।

एकपटक देवगण बनेपछि उसको मृत्यु नभएसम्म उनको ठाउँमा अर्को व्यक्ति देवगण बन्न पाउँदैन ।

केही कारणवश देवगणले नाच प्रस्तुत गर्न नसकेमा ख्वापाको पूजा गर्ने गरिन्छ । नीलबाराही देवीले मनुष्यको रुपमा बोडेमा बस्ने धों थरका एक व्यक्तिलाई जंगलमा लगेर चार दिनसम्म गोप्य तरिकाले नाचको विधिबारे प्रशिक्षण दिएदेखि यो नाच संचालन भएको किंवदन्ती छ ।

तस्विर : सामाजिक सन्जलाबाट ।

तपाईको प्रतिक्रिया