– दिपक लिम्बु

लड्न त लडेको थिएँ
हातमा राइफल र गोली बारुद बोकेर
देशको मुहार फेर्छु भनी ।
तर मलाइ के थाहा ?
म आफै अपाङ्ग हुनलाई लड्दै छु भनेर ।।
लड्न त लडेको थिएँ नि, देश बनाउँछु भनेर !
तर मलाइ के थाहा ?
म आफै अपाङ्ग हुनलाइ लड्दैछु भनेर ।।

यो देशले छुट्टै निकाश पाउँछ
अनि समृद्धिको मुहार फेर्ने,
सपनाहरु त बुनेको थिएँ नि,
तर मलाइ के थाहा ?
मेरो घरपरिवार नै उजाड भई
सेतो कणको खरानी
अकाशभरि हावा सँगै मडारिन्छ भनेर ।।
लड्न त लडेको थिएँ नि
हातमा राइफल र गोली बारुद बोकेर
देशको मुहार फेर्छु भनेर ।।

बिजेता त घोषित भयो ।
रातो अबिर र दोसल्लाले
सिरनै ढाके, बधाई ज्ञापनले
सामाजिक सन्जालनै हावा भरिएको
बेलुन जस्तै उडिरहेको थियो
देशले मुहार फेर्छ भनेर ।
अनि देशको गरिबी निराकरण हुन्छ भनेर
लडन त लडेको थिएँ नि
हातमा राइफल र गोली बारुद बोकेर ।।
तर मलाई के थाहा ??
म आफै अपाङ्ग हुन लाई लड्दै छु भनेर ।।

सत्ता पायौ, देश पायौ ।।
जीवन सुधार्नु पो रैछ ?
आफैलाई बेकार लाग्छ ।
कठै हिजोको त्यो दिन
मेरो राइफलको गोलीले
सोल्जर को देह त्याग भएको ।
लड्न त लडेको थिएँ
हातमा राइफल र गोली बारुद बोकेर
तर मलाई के थाहा ?
म आफै अपाङ्ग हुनलाई लड्दै छु भनेर ।।

 

– हाल काठमाडौं

तपाईको प्रतिक्रिया